बिएल संवाददाता
खेलाडी उत्पादन गर्ने उद्देश्य सहित जनकपुरमा विद्यालय स्त्तरीय टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरिंदै छ।
राष्ट्रिय नीजि तथा आवसीय विद्यालय एशोसिएशन नेपाल (एन प्यावसन) धनुषा शाखाको आयोजनामा विद्यालय स्त्तरीय दोस्रो रनिङ प्रतियोगिता हुने भएको छ।
जिल्ला क्रिकेट संघ धनुषासँगको सहकार्यमा मंसिर २६ गतेदेखि पुष ८ गते सम्म जनकपुरको रामजानकी अन्तराष्ट्रिय रंगशालामा प्रतियोगीता हुने जानकारी गराईएको छ।
प्रतियोगितामा एन प्यावसनमा आवद्ध १२ विद्यालयले सहभागिता जनाउँदै छन्। प्रतियोगिता ‘रनिङ कप’ प्रकृतिको हो, तर कोभिड–१९ महामारीको कारण दुई वर्ष स्थगित समेत भएको थियो। यो वर्षदेखि पुनः प्रतियोगिताले निरन्तरता पाउने भएको छ।
प्रतियोगिताबाट सक्षम खेलाडीको टिम बनाई प्रशिक्षण दिने लक्ष्य समेत रहेको बताईएको छ। साथै उत्कृष्ट १५ जना खेलाडीलाई क्रिकेट प्रशिक्षणसहित पढाईको लागि छात्रवृति उपलब्ध गाईनेछ।
आइसीसी मापदण्ड अनुसार प्रतियोगिता हुने उक्त प्रतियोगीतामा अन्तराष्ट्रिय एम्पायर रामकैलाश यादव समेतको भूमकिा रहनेछ। यादवले खेलका विषयमा जानकारी दिंदै भने- 'प्रत्येक टिमले लिग चरणको दुई म्याच खेलेपछि नकआउट प्रणालीमा प्रतियोगिता हुने छन्।'
हालै पोखरामा सम्पन्न भएको केपी ओली कप मधेश प्रदेश क्रिकेट टिमले जितेको थियो। संघीयताको कार्यानणवयनसँगै पहिलो पटक मधेश प्रदेशले राष्ट्रिय स्त्तरको प्रतियोगिता जितेको हो। जनकपुरधाम आसपासमा पछिल्लो समय क्रिकेट क्रेज बढ्दो छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया