आइतबार, २० जुलाई २०२५

आयरल्याण्डले नेपाललाई दियो १२२ रनको लक्ष्य

News Image
• • •

आयरल्याण्ड ‘ए’ ले नेपाललाई १२२ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ले २० ओभरमा अल आउट हुँदै १२१ रन बनाएको हो ।

आयरल्याण्ड ‘ए’का लागि स्टेफेन डोहेनीले सर्वाधिक ४६ रन बनाएका थिए भने थोमस मायेज र लियाम म्याकार्थीले १६-१६ रन बनाएका थिए ।

त्यसैगरी नेपाली बलर ललित राजबंशी, गुलशन झा र कुशल भुर्तेलले २-२ विकेट लिए भने करण केसी र कुशल मल्लले एक एक विकेट लिएका थिए।

2024-03-25 14:43:00
• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?