बिएल संवाददाता
आयरल्याण्ड ‘ए’ ले नेपाल ‘ए’ लाई लगातार तेस्रो खेलमा पराजित गरेको छ।
एकदिवसीय सिरिजको अन्तिम खेलमा आयरल्याण्ड ‘ए’ले दिएको २८५ रनको लक्ष्य पछाएको नेपालले ३९.४ ओभरमा अल आउट हुदै २१५ रन मात्र बनाए पछि खेल ६९ रनले हारेको हो।
नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रन बनाए भने अर्जुन साउदले ३६ रन बनाए। त्यस्तै नरेन भट्ट र रुपेश सिंहले १५-१५ रन बनाएका थिए।
त्यसैगरी आयरल्याण्ड ‘ए’ का बलर बेन ह्वाइटले ५ विकेट लिए भने गाभिन होयले ४ विकेट लिएका थिए।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्याण्ड ‘ए’ ले ५० ओभरमा ९ विकेट गुमाउदै २८४ रन बनाएको थियो।
आयरल्याण्ड ‘ए’का लागि ओपनर स्टेफेन डोहेनीले १०७ रनको शतकीय पारी खेलेका थिए। त्यस्तै पिटर मूरले ४४ रन बनाए भने मोर्गन टोपिंगले २१, फिओनन हान्डले २०, बेन ह्वाइटले १९ र माथ्यु हम्परेजले २३ रन बनाएका थिए।
त्यसैगरी नेपाल ‘ए’ का बलर रिजन ढकाल र रंजित कुमारले ३-३ विकेट लिए भने विकास आग्री र शाहाब आलमले एक-एक विकेट लिएका थिए।
यो जितसँगै आयरल्याण्ड ‘ए’ ले एकदिवसीय सिरिज ३-० ले जितेको छ। यसअघि आयरल्याण्ड ‘ए’ ले टी-२० सिरिज २-१ ले जितेको थियो।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया