बिएल संवाददाता
नेपालले भारतमा जारी फ्रेन्डसिप कप जितेको छ। आइतबार सम्पन्न फाइनल खेलमा नेपालले गुजरात क्रिकेट एसोसियसनको टिमलाई १८ रनले पराजति गर्दै उपाधि जितेको हो।
नेपालले दिएको १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन बनाएको थियो। यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २७६ रन बनाएको थियो।
नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाएका थिए। त्यस्तै आसिफ सेखले ३४, कुशल मल्लले १९. दिपेन्द्र सिंह ऐरीले ७, कुशल मल्लले ३१ र सन्दीप जोराले ७ रन बनाएका थिए।
त्यस्तै गुजरातका बलर जयमित पटेल, शेन पटेल र तेजस पटेलले एक-एक विकेट लिएका थिए।
योसँगै नेपाली क्रिकेट एसीसी प्रिमियर कप खेल्न भारतबाटै ओमान जाने छ।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया