बिएल संवाददाता
अस्ट्रेलियन बलर मिचेल स्टार्क इन्डियन प्रिमियर लिग (आइपिएल)काे इतिहासकै सबैभन्दा महङ्गा खेलाडी बनेका छन्।
उनलाई आगामी वर्ष हुने आइपिएलकाे लागि आज (मंगलबार) काेलकत्ता नाइट राइडर्सले २४ कराेड ७५ लाख भारतीय रुपैयाँमा किनेकाे हाे। याेसँगै उनी आइपिएलकाे इतिहासकै महङ्गा खेलाडी बनेका हुन्।
मिचेल ८ वर्षपछि आइपिएलमा फकिर्एका हुन्। यसअघि उनी सन् २०१४/१५ मा राेयल च्यालेन्जर्स बैंगलाेरबाट खेलेका थिए।
उनले हालसम्म दुई सिजनमात्र आइपिएल खेलेका छन्। जसमा उनले २७ खेलमा ३४ विकेट लिएका थिए भने ब्याटिङतर्फ १२ खेलमा ९६ रनमात्र बनाए थिए।
यसै वर्षमा भारतमा भएकाे एकदिवसीय अन्तर्राष्ट्रिय विश्वकप क्रिकेटमा आफ्नाे देश अस्ट्रेलियाकाे लागि उनले १६ विकेट लिएका थिए। जहाँ अस्ट्रेलियाले उपाधि जितेकाे थियाे।
त्यस्तै अस्ट्रेलियन क्रिकेट टाेलीका कप्तान प्याट कमिन्सलाई पनि सनराइज हैदरबादले २० करोड ५० लाखमा किनेको छ।
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया