बिएल संवाददाता
नेपाल सितोरियो कराते संघ, जिल्ला प्रमुख डोजो, लगनखेलको आयोजनामा तेश्रो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगिता माघ १८ गतेदेखि हुने भएको छ।
प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोली (नेपाल आर्मी, नेपाल प्रहरी, नेपाल एपीएफ क्लब) गरी १० टिमका २ सय १० खेलाडीको सहभागिता आयोजक डोजोका अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए। प्रत्येक टिमले २१ खेलाडी सहभागी गराउन पाउने छन्।
एकल र टिम कातासहित पुरुषमा ९ र महिलामा ८ गरी जम्मा १७ स्पर्धमा खेल हुनेछ। टिम च्याम्पियनले १ लाख तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गर्ने छन्। पुरुष-महिलामा उत्कृष्ट हुने खेलाडीलाई जनही २५ हजार नगदबाट पुरस्कृत गरिने छ।
आयोजक र गोदवारी नगरपालिकाबीच ४ संस्करण प्रायोजन गर्ने पूर्व सहमति बमोजिम तेश्रो संस्करणका लागि पनि सम्झौता पत्रमा हस्ताक्षर भएकाे छ।
आयोजकका अध्यक्ष श्रेष्ठ र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले सम्झौता पत्रमा हस्ताक्षर गरे। सम्झौताअनुसार मुख्य प्रायोजक गोदावरी नगरपालिकाले १५ लाख सहयोग गर्ने छ।
आयोजकका अनुसार सातदोबाटोस्थित कराते हलमा हुने तीन दिने प्रतियोगिता सञ्चालन गर्न करिब ५५ लाख रुपैयाँ खर्च हुनेछ। प्रतियोगिताका परिकल्पनकार एवं बागमती प्रदेशका सांसद् मिनकृष्ण महर्जनले प्रतियोगिता नेपालकै स्तरीय प्रतियोगितामध्येको एक भएकाले सबैको साथ र सहयोग रहने विश्वास व्यक्त गरे।
मेयर महर्जनले गोदावरी नगरपालिकाले खेलकुदलाई विशेष प्राथमिकता दिँदै आएको बताउँदै प्रतियोगिताले एरिका गुरुङ (हाङझाव एसियाडकी ऐतिहासिक रजत विजेता) जस्ता खेलाडी उत्पादन गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा नेपाल कराते महासंघका महासचिव दावा गुरुङलगायतको उपस्थिति रहेको थियो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया