बिएल संवाददाता
बिहीबारदेखि काठमाडौँमा आयाेजना हुने प्रधानमन्त्री कप महिला टी– २० क्रिकेट प्रतियोगिताको तयारी पूरा भएकाे छ।
बुधबार नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार समेलन गरी प्रतियोगिताको सबै तयारी पूरा भएकाे जनाएकाे छ। प्रतियोगिता मूलपानी र त्रिवि मैदान कीर्तिपुरमा सञ्चालन हुनेछ।
प्रतियोगितामा सात प्रदेश र विभागीय टोलीको एपिएफ क्लब गरी आठ टोलीको सहभागिता रहनेछ। पहिलो पटक राउन्ड रोविनको आधारमा खेल हुनेछ। जहाँ सबै टोलीले एक अर्कासँग खेल्नेछन्। शीर्ष चार टोलीले प्लेअफ खेल्नेछन्।
पत्रकार सम्मेलनमा क्यानका सचिव पारस खड्काले याे प्रतियोगिताको निकै महत्त्वपूर्ण रहेकाे बताए। उनले भने, ‘क्यानले महिला क्रिकेटकाे विकासकाे लागि याेजना भइरहेकाे छ, प्रतियोगितामा खेलाडीकाे प्रदर्शनमा सुधार ल्याउने अपेक्षासहित राउन्ड रोविन लिगकाे प्रतियोगिता आयाेजना गरेका हौँ।’
त्यस्तै, बिहीबार हुने पहिलाे खेलमा त्रिवि मैदानमा बागमती र मधेस तथा दोस्रो खेलमा गण्डकी र लुम्बिनीबीच प्रतिस्पर्धा हुनेछ भने मूलपानीमा हुने पहिलो खेलमा एपिएफ र सुदूरपश्चिम तथा दोस्रो खेलमा कर्णाली र कोशीबिच प्रतिस्पर्धा हुनेछ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया