बिएल संवाददाता
वीरगञ्ज युनाइटेडले काठमाडौँ रेजर्सलाई पराजित गर्दै नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगितामा जित हासिल गरेको छ।
दशरथ रङ्गशाला मैदानमा आज भएको खेलमा वीरगञ्जले काठमाडौँ रेजर्सलाई ४–१ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो। वीरगञ्जका जितमा विलियम ओपोकुले ह्याट्रिक गरे भने सुनिल खड्काले एक गोल थपे। यता काठमाडौँका लागि भने एनकेन्गुय जुनियरले एक गोल गरे।
खेलमा पहिलो अग्रता भने काठमाडौँले लियो। खेलको २१औँ मिनेटमा काठमाडौँका जुनियरले कुल्दीप कार्कीको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए। खेलको पहिलो हाफको अत्तिरिक्त समयमा वीरगञ्जले पेनाल्टी पायो। सुशील लामाले प्रहार गरेको बल बचाउने क्रममा काठमाडौँका आन्द्रेस नियाले ह्याण्ड गरेपछि वीरगञ्जले पेनाल्टी पाएको थियो।
जसको सदुपयोग वीरगञ्जका विलियम ओपोकुले गरे। त्यस्तै खेलको दोस्रो हाफमा वीरगञ्जले थप तीन गोल ग¥यो। दोस्रो हाफ सुरु भएको पहिलो मिनेटमै सुनिल खड्काले गोल गर्दै टोलीलाई दोस्रो अग्रता दिलाए। त्यसपछि खेलको ५६ र ५७औँ मिनेटमा ओपोकुले लगातार दुई गोल गर्दै ह्याट्रिक पूरा गरे। यस जितसँगै वीरगञ्जले सात खेल खेल्दा आठ अङ्क जोडेको छ। वीरगञ्ज अङ्क तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।
त्यस्तै पराजित काठमाडौँले सात खेलमा नौ अङ्क जोडेको छ। काठमाडौँ अङ्क तालिकाको पाँचौँ स्थानमा छ।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया