बिएल संवाददाता
कास्कीको पोखरामा आगामी फागुन पहिलो साता १८ लाख ५० हजार पुरस्कार राशिको अन्तर्राष्ट्रिय सफल पोखरा म्याराथन प्रतियोगिता हुने भएको छ।
फागुन ५ गते हुने उक्त उक्त प्रतियोगिता नेपाल भूतपूर्व खेलाडी मञ्चले गर्न लागेको हो। मञ्चका कोषाध्यक्ष महेश पौडेलका अनुसार पुरुषतर्फ ४२ किलोमिटरको खुला म्याराथन आयोजना गरिने छ। सो स्पर्धाका विजेताले पाँच लाख पुरस्कार प्राप्त गर्ने छन्।
यस्तै महिलातर्फ २१ किलोमिटरको हाफ म्याराथन, १० किलोमिटर दौड (महिला-पुरुष), विद्यालयका छात्रछात्रा सहभागी हुने पाँच किलोमिटरको दौड, दृष्टिविहीन तथा ह्वीलचियर दौड आयोजना गरिएको कोषाध्यक्ष पौडेलले जानकारी दिए।
प्रतियोगितामा यस वर्षदेखि ५० वर्षमाथिका महिला-पुरुषलाई समेत लक्षित गरी दौड समावेश गरिएको छ। सन् २०२० मा आयोजना गरिएको पोखरा म्याराथनमा जापानका धावक तथा सन् २०२२ र सन् २०२३ मा केन्याका धावक विजयी भएका थिए। 'म्याराथन दौडका लागि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको छ', मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले भने।
'बजारसँगै ग्रामीण क्षेत्रलाई समेत समेटेर म्याराथन दौडको योजना बनाएका छौँ', उनले भने।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया