आइतबार, ०३ अगस्ट २०२५

३३ तोला सुनसहित कर्मचारी फरार

News Image
सांकेतिक तस्बिर
• • •

पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्पर्कविहीन भएका छन् ।

भारतको कलकत्ता घर भई उक्त ज्वेलर्समा काम गर्दै आएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कविहीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।

ज्वेलर्सको ३३ तोला सुन लिइ सिर्जनाचोकस्थित गहना बनाउने ठाउँमा लिइ गएकामा बेखबर भएको सूचना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिहिबार, कार्तिक ०७, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)