के थियो जनकपुर बमकाण्ड ?

फाइल तस्बिर

जनकपुर बमकाण्ड मुद्दामा हिरासतमा रहेका पूर्वमन्त्री तथा संजय साह सहित ७ जनालाई जन्मकैदको फैसला सुनाइएको छ। धनुषा जिल्ला अदालतमा लगातार ३ दिनको बहस पश्चात बिहीबार न्यायाधीश राजेश कुमार कटुवालको इजलासले बमकाण्ड संलग्न भएको ठहर गर्दै संजय साहसहित सात जनालाई जन्म कैदको फैसला सुनाएको हो।

साहत पाँच वर्षदेखि पुर्पक्ष थुनामा थिए।

पुर्पक्षका थुनामा रहेका तराई जनतान्त्रिक पार्टी मधेश नामक मूमिगत संगठनका अध्यक्ष मुकेश चौधरी, ओमप्रकाश यादव, राजनमुक्ती भन्ने रंजित झा, मुकेश कर्ण, जयप्रकास चौधरी, सुरेश कुमार कर्ण, मुकेश कुमार कर्ण र दिपेन्द्र झालाई समेत जन्मकैदको फैसला सुनाइएको छ । जन्मकैद सजाय सुनाइएका सबै २० वर्ष जेल बस्नुपर्छ।

प्रकाशित मिति: : 2019-03-29 00:38:05

प्रतिकृया दिनुहोस्