बुधबार, २० अगस्ट २०२५

ट्रम्पले पुटिनलाई भने- प्लिज, २०२० को अमेरिकी चुनावमा हस्तक्षेप नगर्नू

News Image
एजेन्सी
• • •

सन् २०१६ मा भएको अमेरिकाको राष्ट्रपतीय चुनावमा रूसले हस्तक्षेप गरेको व्यापक चर्चा भयो। रूसी हस्तक्षेपका कारण नै डोनाल्ड ट्रम्पले  चुनाव जितेको भन्दै छानबिन पनि गरियो।

अमेरिकामा अर्को वर्ष फेरि राष्ट्रपति चुनाव हुँदैछ। राष्ट्रपति ट्रम्पले रूसी समकक्षी भ्लादमिर पुटिनलाई आउने साल हुने चुनावमा हस्तक्षेप नगर्न भनेका छन्।

शुक्रबारदेखि जी-२० राष्ट्रहरूको जापानको ओसाकामा सम्मेलन हुँदैछ। सोही सम्मेलनमा पुगेका ट्रम्प र पुटिनबीच आजै साइडलाइन वार्ता भएको छ।

वार्ताका क्रममा संवाददाताहरूले पुटिनलाई अर्को वर्षको चुनावमा हस्तक्षेप नगर्नू भन्नुहुन्छ कि भन्नहुन्न भन्दै ट्रम्पलाई सोधेका थिए।

शुक्रबार, असार १३, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)