शनिबार, ०९ अगस्ट २०२५

बहुविवाहको व्यवस्था: श्रीमती ठग र यौन चोरको वैधता

News Image
• • •

महिला-पुरुष सम्बन्ध

शास्त्रले महिलालाई महत्त्व र आदर्शमा तथा पुरुषलाई कर्तव्य र आचार-व्यवहारमा चर्चा गरेको छ। मनुस्मृतिको श्लोक ३।५६ ले ‘यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः। यत्रैतास्तु न पूज्यन्ते सर्वास्तत्राफला: क्रिया:’ अर्थात, जहाँ महिलाहरूको सम्मान र पूजा गरिन्छ, त्यहाँ देवताहरू वास गर्छन्। जहाँ महिलाहरूको सम्मान छैन, त्यहाँ सबै कार्य व्यर्थ हुन्छ। 

महाभारतले ‘धर्मेणैव यशोवृद्धिर्धर्मो रक्षति रक्षिता। यस्यास्ति धर्मं नष्टं स धर्मेण विनाशितः।’ अर्थात, जो धर्ममा आधारित भएर जीवन बाँच्छ, धर्म उसलाई रक्षा गर्दछ र यत्रा धर्मलाई त्यागिएको छ, त्यस्ताको विनाश हुन्छ।

धर्म, कर्तव्य र सम्मानमा दुबैको भुमिका रहने गरी श्रीमद्भागवतले ‘पतिव्रता धर्मपत्नी, धर्मपतिं पालयेत्। पतिसंयुक्ता धर्मेण समृद्धिं प्राप्तुमर्हति॥’ अर्थात, पतिव्रता पतिप्रति समर्पित धर्मपत्नी, धर्मको पालन गर्दै पतिको साथ जीवन यापन गर्दा समृद्धि प्राप्त गर्न सक्षम हुन्छिन भनिएको छ। भगवद्गीता ३।३५ ले ‘स्वधर्मे निधनं श्रेयं परधर्मो भयावहः।’ अर्थात, आफ्नै धर्मको पालन गर्दा मर्नु श्रेयस्कर हो, न कि परधर्मको पालन गर्दा भनी पुरुष र महिलाका लागि समान रुपमा लागू हुन्छ। 

रामायणले ‘सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः। सर्वे भद्राणि दृष्ट्वा मा कश्चिद्दुःखभाग्भवेत्॥’ अर्थात, सबै सुखी र निरोगी बनुन, सबैको दृष्टि शुभ रहोस् र कुनै पनि व्यक्ति दुःखी नहोस। भनेर शास्त्रले पुरुष र महिलाका कर्तव्य र सम्मानको गहिरो अर्थ दिई समानता, सम्मान र धर्मको पालनमा जोड दिएको छ। हामी यसका पालक र अनुवाई हौं।

जन्ममा महिला र पुरुष

शास्त्र अनुसार ब्रह्मा र सृष्टि सम्बन्धित छन। ब्रह्माले संसारको सृष्टि गरे। पुराणले ब्रह्माले मानव जातिको सुरुवात ‘मनु’ र ‘शतरूपा’ बाट गरेका गरेका थिए भनेको छ। मनु पुरुष थिए र शतरूपा महिला थिईन। शास्त्रमा मानिसको उत्पत्तिको आरम्भ एकै साथ भएको देखिन्छ। शिव पुराण अनुसार अर्धनारीश्वर तत्त्व भगवान शिव अर्धनारीश्वर रूपमा पनि पूजिन्छन। संख्या पुराणका अनुसार प्रकृति स्त्री तत्त्व पहिलो हो र त्यसपछि पुरुष पुरुष तत्त्व प्रकट हुन्छ। प्रकृति स्त्रीले सृष्टि सुरु गर्छ र पुरुष तत्त्व त्यसको साथमा कार्य गर्दछ। वैज्ञानिक दृष्टिकोणमा मानव जाति क्रमिक विकासबाट आएको हो। पुरुष र महिला मानव जातिको दुई लिङ्ग हुन।

बायोलोजीकल रूपमा प्रजननका लागि महिला शरीरले भ्रूणको विकास गर्छ, जसले गर्दा केही वैज्ञानिकहरू महिलालाई आधारभूत रूप मान्छन। किनकी भ्रूण विकासको क्रममा पहिले महिला जस्तो संरचना लिन्छ र पछि पुरुष लिङ्गको विकास हुन्छ। धेरै दार्शनिक विचारहरूमा पुरुष र महिला एक अर्काबाट अलग होइनन् तिनीहरू एउटै मूल चेतनाका दुई रूप मानेको छ।

विवाह किन गरिन्छ?

हामी अधिनस्थ शास्त्रमा विवाहलाई एकदम महत्त्वपूर्ण पवित्र संस्कार मानिएको छ। विवाह केवल दुई व्यक्तिको व्यक्तिगत सम्बन्धको मात्र नभएर समाज, परिवार, र धर्मसँग जोडेर हेरिन्छ। मनुस्मृतिको ३।२२ ले ‘पत्युः प्रियं पतिं धर्मेण यत्र समं प्रियतमा’ अर्थात ‘पतिसँग जो धर्ममा संगत रहेको छ, त्यही पत्नीका लागि सबैभन्दा प्रिय हुन्छ।’ ऋग्वेदको १०।८५।४४ ले ‘सप्तपदी भवति, सदा समृद्धिम्।’ अर्थात ‘विवाह एक सात पदी (सप्तपदी) संस्कारको रूपमा सम्पूर्ण जीवनभर समृद्धि र सुख ल्याउँछ।’ भागवतम् (११.५.११)ले ‘पतिसंयुक्ता धर्मेण यत्रेण सुखमस्ति सः’ अर्थात ‘पतिसँग मिलेर धर्म पालन गर्ने महिला सच्चा सुखी हुन्छ।’

गृह्यसूत्र २।६।२ ले ‘पतिं धर्मपत्नीं च यत्र सर्वे सुखमाप्नुयुः’ अर्थात ‘जहाँ पति र पत्नी धर्म पालन गर्छन्, त्यहाँ सबै प्रकारका सुख प्राप्त हुन्छन्।’ महाभारत आदिपर्व ३.३८.१५ ले ‘पतिव्रता धर्मपत्नी धर्मपतिसंयुक्ता।’ अर्थात ‘पतिव्रता (धर्मपत्नी) आफुलाई धर्म र पतिसँग जोडेर सुखमय जीवन यापन गर्न प्रयास गर्दछ।’ ब्रह्मविवर्तपुराणले ‘द्वे सम्पूर्णसुखे साक्षात्काराः समागमात्।’ अर्थात ‘विवाहले पुरुष र महिलाको बीचमा सम्पूर्ण सुख र समृद्धिको साक्षात्कार गराउँछ।’

यसबाट विवाहको उद्देश्य धर्म पालन, संपत्ति र परिवार, आपसी प्रेम र समझदारी र सामाजिक एकता हुन्छ। विवाह शास्त्रमा केवल एक सांस्कृतिक वा व्यक्तिगत सम्झौता मात्र होइन, यो एक पवित्र, धर्मिक र सामाजिक बन्धनको रूपमा प्रस्तुत गरिएको छ। विवाह बन्धनमा समाज र धर्म आदर्शको पालना गरिन्छ।

विवाह के हो?

महाभारत, आदिपर्व, ४।१२ ले ‘न हि धर्मेण युक्तो राजा धर्मेण च योषित्। सदा धर्मेण सर्वस्मिन्यत्र तस्यैव धर्मत:।’ अर्थात जब राजा धर्ममूलक कर्तव्य पालन गर्न सक्षम नहुने स्थिति आउँछ, तब विशेष परिस्थितिमा एक भन्दा बढी पत्नी लिन सक्छ,। विष्णु पुराण ५।३३ ‘विवाहान्यादि विधिनां धर्मेण यानि कर्तितानि। तानि सर्वाणि लीलाभिरेष्यन्ति धर्मकर्मणि।’ अर्थात कृष्णका विवाह धार्मिक, कर्तव्य र समाज रक्षाको उद्देश्यका लागि भएका थिए। यसबाट बहुविवाहको वैधता सिद्ध गर्न सकिन्छ कि केहि परिस्थितिहरूमा यसलाई अनुमति दिइन्छ। वेदहरूमा प्रत्यक्ष रूपमा बहुविवाहको कुरा गरिएको छैन, तर वेदिक संस्कृतिमा जाति र परिवारको वंशवृद्धि, र कर्तव्यका आधारमा विवाहको महत्त्व रहेको छ।

मनुस्मृति, अध्याय ३।२७ ले ‘पुंसोऽर्थे धर्मे च काले चैव रिपुं प्रति। स्त्रीधर्मो हि यः शास्त्रं समुपेन्द्रय शाश्वतं॥’ अर्थात पुरुषको धर्म, अर्थ, र समय अनुसार स्त्री को कर्तव्य निश्चित छन। मनुस्मृति ९।९४ ले ‘यदा स्त्री पतिसंयुक्ता बालार्यविवशा स्वयम्। तदा स्त्री धनधर्मेण पुनर्विवाह्यं प्रजायते।’ अर्थात जब स्त्री पतिसँग सम्बन्धमा सफल नहुने वा बालार्यविवशा अर्थात् बाँझो हुनु, शारीरिक वा मानसिक असमर्थता अबस्थाको शिकार हुन्छ भने पुनर्विवाहको अनुमति दिइन्छ।

विष्णु पुराण, १।१० ले ‘पतिं पतिव्रता धर्मपत्नी स्वधर्मनिष्ठा। गृहिण्यां धर्मकर्मेण पूजयित्वा पतिं हरेत्।’ अर्थात पतिव्रता (धर्मपत्नी) आफ्नो पतिसँग धर्मका मार्गदर्शनमा जीवन व्यतीत गर्दै पतिसँग मेलमिलाप गर्नुपर्ने हुन्छ। महाभारत, आदिपर्व १।४५ ‘धर्मेण योषितं धर्मपत्नीं समाचरेत्। पतिसंयुक्ता धर्मेण जीवितं तु सदा सुखम्।’ अर्थात एक धर्मपत्नीको कर्तव्य पतिसँग धर्मका अनुसार जीवन बिताउनु हो, जसले सधैं सुख र समृद्धि ल्याउँछ।

ऋग्वेद, १०।८५।४६ ले ‘अग्निं वन्दे समिधिनं सध्वारा पतिं यज्मनं। यत्र धर्मेण भ्राम्यते धर्मपत्नी स्वधर्मिकं॥’ अर्थात यहाँ विवाह अग्निको साक्षीमा सम्पन्न हुन्छ र यसमा पतिसँग धर्म पालन गर्न अनुरोध गरिएको छ। यजुर्वेद, १८।१४ ले ‘पत्युः पत्यं प्रपद्ये तं पतिं प्रपद्ये पितृभ्यः। इति पतिं समृद्धं धर्मपतिं समर्पयामि॥’ अर्थात: विवाह एक गम्भीर कर्तव्य हो, जहाँ पत्नी आफ्नो पति समक्ष जीवनका कर्तव्यहरू प्रकट गर्दै धर्ममा आधारित कृत्य सम्पन्न गर्छ। शास्त्रमा विवाह १६ संस्कार मध्ये एक हो। संसारको आधार नै गृहस्थ आश्रम हो’, जसको आरम्भ विवाहबाट हुन्छ।

मनुस्मृतिले ब्राह्म विवाह, (कन्यालाई योग्य ब्राह्मण वरलाई दान दिने। सबैभन्दा पवित्र मानिन्छ), दैव विवाह (कन्यालाई यज्ञमा ब्राह्मण पुरोहितलाई दान दिने) आर्ष विवाह (वरले गाई आदि दक्षिणा दिएर कन्या पाउने) प्राजापत्य विवाह (वरले पत्नीसँग कर्तव्यपूर्वक व्यवहार गर्ने प्रतिज्ञा गर्छ) असुर विवाह (वरले कन्या किनेको जस्तो गरी धन दिन्छ), गान्धर्व विवाह (प्रेमविवाह वर-कन्या स्वेच्छाले विवाह गर्छन्) राक्षस विवाह (कन्यालाई युद्धमा बलपूर्वक उठाएर विवाह गर्ने) पैशाच विवाह (निन्दनीय कन्या मूर्छित वा असावधान हुँदा सम्भोग गर्ने) ब्राह्म, दैव, आर्ष, प्राजापत्य विवाहलाई ‘धार्मिक र पवित्र’ मानिन्छ। गान्धर्व विवाह (स्वेच्छाले विवाह) पनि आजको युगमा प्रचलित छ। बाँकी चारलाई ‘अधर्म’ या ‘अपवित्र’ मानिएको छ।

विवाहको समयमा वर-वधूले अग्निलाई साक्षी राखेर सात वचन र फेराको अर्थ अन्न-धनको व्यवस्था, घर-संरक्षण, धर्म-पालन, सुख-दुखमा साथ, सन्तान प्राप्ति, दीर्घ जीवन, प्रेम र मित्रता हो। अग्निको सात फेरा जीवन भरको सम्बन्धको प्रतीक हो। विवाह र आध्यात्मिक अर्थ गर्दा विवाहले व्यक्तिलाई काम, क्रोध, लोभ जस्ता विकारहरूमा संयम दिन्छ। योग र भक्ति मार्गमा परिवारको साथमार्फत सन्तुलन ल्याउँछ।

किन बहुविवाह चाहिन्छ?

बहुविवाह युग, सन्दर्भ, र शास्त्रको आधारमा फरक-फरक हुन सक्छ। हिन्दू शास्त्र र इतिहासमा अपवादमा बहुविवाह स्वीकृत थियो तर सबैका लागि होइन। वैदिक युगमा बहुविवाह विशेषतः राजा, ऋषि, वा उच्च वर्ग का लागि सम्भव थियो। 

अपवादमा वंशवृद्धि, राजनैतिक गठबन्धन र विशेष धार्मिक कर्तव्यकालागी थियो। मनुस्मृतिले स्पष्ट रूपमा बहुविवाहलाई प्रोत्साहन गरेको छैन, तर न रोकेको पनि छैन। प्रथम पत्नीको अधिकार सुरक्षित रहनु पर्छ। यदि प्रथम पत्नी बाँझ, रोगी, वा धार्मिक कर्तव्य पालनमा असमर्थ भएमा, दोस्रो विवाह सम्भव भनिएको छ। तर, यो सब नैतिक दायित्व र पत्नीको उचित संरक्षणका सन्दर्भमा मात्र। छ।

पुराण र इतिहासमा बहुपत्नी विवाह देखिन्छ। शिव पार्वती मुख्य पत्नी, परन्तु शास्त्रीय रूपमा केवल एक पत्नीका रूपमा मानिन्छ। कृष्ण बहुविवाहवादी तर सबै विवाह धर्म, रक्षा, र कर्तव्यको लागि भएको भनिएको छ। द्रौपदी भने एक महिला जसले पाँच पति (पाण्डव) राखेकी थिइन् जुन नियमबद्ध अपवाद हो। आधुनिक विवाह एकल विवाह प्रणाली लागू छ।

बहुविवाह हाम्रो समाजमा कानूनी रूपमा वर्जित छ। मनुस्मृति, अध्याय ९।९४ ले ‘यदा स्त्री पतिसंयुक्ता बालार्यविवशा स्वयम्। तदा स्त्री धनधर्मेण पुनर्विवाह्यं प्रजायते।’ अर्थात जब एक पत्नी सन्तान उत्पन्न गर्न असमर्थ हुन्छ, अथवा शारीरिक वा मानसिक कारणले पतिसँग सुखी नहुन सक्छ, तब पुनः विवाहको अनुमति दिइन्छ। मनुस्मृति, अध्याय ९।९७ ले ‘न कन्यां प्रियतमा प्रतिगृह्य न पतिसंयुक्ता। पुनर्विवाहं न कारयेत् सदा पतिसंयुक्ता स्त्री।’ अर्थात यदि पत्नी पवित्र र सही मापदण्डमा पतिसँग विवाह गर्न सफल छ भने, पुनर्विवाहको आवश्यकता छैन।

बहुविवाहको रोईलो

बहुपतित्व एक पुरुषले धेरै पत्नीहरू राख्ने विभिन्न देशहरूमा फरक कानुनी व्यवस्था छ। मुस्लिम देश र समुदायमा बाहेक बहुविवाह निषेध गरिएको छ। बहुविवाह मुख्यतया धार्मिक र सांस्कृतिक परम्परासँग सम्बन्धित छ। मुस्लिम बहुल देशमा इस्लामिक कानून अनुसार बहुविवाह अनुमति प्राप्त छ। आधुनिक समयमा धेरै देशहरूले बहुविवाह प्रतिबन्ध लगाएका छन वा सर्तहरू लागू गरेका छन। नेपालमा विधिकर्ताका तथा शासन संन्चालकमा देखिएको अनैतिकता र अयोग्यतामाथी थप प्रश्न उठ्ने गरी बहुविवाह गर्न पाउने गरी कानून संशोधनको बिषय चर्चामा आएको छ।

शासकीय अनैतिक चरित्रले विवाहलाई विवादित बनाउने शासक र प्रशासकको अनैतिकता, अयोग्यता र आपराधिकता अभियोग लागेका संसदका सुचिले पुष्टी गरेको छ। अभियोगी वथानहरू भ्रष्टाचार, बलात्कार, ठगी, मानव तस्करी लगायतले देश र जनता ठगी गरेकाले बहुविवाहको व्यवस्था गरी श्रीमती ठग र यौन चोरको वैधता दिने गरी शासकीय योग्यतालाई सहकारी ठगीबाट श्रीमती ठगीसम्म पुगेको छ।

सहकारी ठगको बथान संसदमा छ। ठग ढाट चोर समेतको उपस्थितिले राज्यलाई आपराधिक राज्यको रुपमा परिभाषित गर्न बाध्य बनाएको छ। सार्वजैनिक स्रोत्रका अनसार ३७ जनाभन्दा बढी जनप्रतिनिधि सहकारी ठगी, अपहरण, बाल यौन दुरुपयोग, विषमता र हत्या आरोपसहित नियन्त्रकट गरिएको अबस्थामा छन्।

शासकीय ठगले देश र जनता ठगी सकेर अब श्रीमती ठग्न बहुविवाहको कानून शंसोधनतिर लागेको अनुभूत गराईरहेको अबस्था छ। कानुनी सुधार, लैङ्गिक समानता, तथा मानवअधिकारका सन्दर्भमा विवाह र बहुविवाह महत्वपुर्ण हुन्छ। नेपालको वर्तमान फौजदारी संहिता, २०७४ ले बहुविवाह गैरकानुनी बनाइको छ। जबसम्म पहिलो पतिपत्नीबीच सम्बन्ध कानुनी रूपमा समाप्त भएको हुँदैन।

बहुविवाहलाई अपराध मानेर सजाय पनि छ। हाल कानुनी सुधारका नाममा केहीले सामाजिक यथार्थ र व्यवहारबीचको असमञ्जस्यताबारे प्रश्न उठाउने गरेको सन्दर्भमा बहुविवाहको प्रश्न उठेको छ। बहुविवाहको प्रश्नसंग जोडिने लैङ्गिक समानताको विपरित बिषय उठान हुनु अयोग्यताको परकाष्टा हो। महिलाहरूलाई बहुविवाहबाट हुने मानसिक, आर्थिक र सामाजिक असरबारे पनि संसदमा बहस हुने पर्नेमा आफैं संसदले गैरकानूनी घोषित कार्य कानूनी बनायने कार्य अयोग्यता मात्र नभई अनैतिकताको विषय भित्र पनि पर्दछ।

बहुविवाह अपवाद बाहेक निषेध गरेको धार्मिक सांस्कृतिक पक्षलाई अनदेखा गरेको अबस्था पनि छ। केही समुदाय वा सांसदहरू बहुविवाहलाई परम्परा वा धार्मिक स्वतन्त्रताको अधिकारको रूपमा हेर्न सकिएला तर उपयोगिताले स्वीकार गर्न नसक्ने तथ्यमा समेत ध्यान जान जरुरी छ।

नेपाल कक्षा ८ मा अध्यनरत सरकारले प्रस्ताव गरेको मस्यौदाले नेपाल सरकारले मुलुकी अपराध संहिता, २०७४ मा संशोधन गर्दै बहुविवाहलाई केही विशेष परिस्थितिमा वैध बनाउने गैरकानूनी, अनैतिक र आचरणहीन मस्यौदा तयार पारिरहेको छ। विवाहित व्यक्तिले पुरुष मात्र नभई महिला पनि वैवाहिक सम्बन्ध कायम रहँदा, वैवाहिक बाहिरको सम्बन्धबाट बच्चा जन्मिएमा दोस्रो विवाहलाई वैधानिक मान्यता दिइनेछ।

यसअघि लागू सुविधाअनुसार बच्चा जन्मिए मात्र बाबुआमा अधिकार पाउँथे, तर विवाह हुने थिएन। मस्यौदा उक्त व्यवस्था हटाउँदै, सम्बन्धलाई विवाहमा परिणत गरिने व्यवस्था प्रस्ताव गरेको छ। सजाय (कैद र जरिवाना) र सम्बन्ध बदर हुने व्यवस्था भने कायम राखिएको छ तर विशेष अबस्थामा बदर नहुने प्रावधान थपिएको छ। शास्त्रले निषेध, हिजोको खुला आज बन्देज फेरि खुला गर्ने काम गैरजिम्मेवार, प्रतिगामी र महिलाविरोधी छ।

यसबाट महिलाको आत्मसम्मान, अधिकार कटौती गरेको छ। बहुविवाहलाई वैध बनाउने प्रयास लैंगिक असमानता, विभेद र महिला हिंसा बढाउन सक्छ। कानुनमन्त्री अजयकुमार चौरसियाको अज्ञानता मात्र होईन शासकीय अयोग्यता र शासकीय अनैतिकताले गैरसंवैधानिकता स्थापित हुने स्वभाविक छ। यो संशोधनले शासकको यात्रा सहकारी ठगीबाट श्रीमती ठगीसम्म पुगेको छ। बहुविवाहको व्यवस्था भनेको श्रीमती ठगको आपराधिकता यौन चोरलाई वैधता दिने कार्य हो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!