
सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।
काठमाडौं जिल्ला अदालतले असोज ८ गते सांसद गुरुङलाई पक्राउ गर्न पत्र जारी गरेको थियो।उनी आइतबार जिल्ला अदालत, काठमाडौं हाजिर भएका थिए । थुनछेक बहसपछि साधारण तारेखमा छाड्ने आदेश दिएको अदालतका शाखा अधिकृत ज्ञानेन्द्र कार्कीले बताए ।
दोलखाबाट निर्वाचित सांसद गुरुङविरुद्ध वीरध्वज खड्काले आफ्नो ज्यान मार्ने उद्योग गरेको आरोपमा गत वैशाख २९ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका थिए ।
मुद्धा दर्ता भएको भएको पाँच महिनापछि भदौ १२ गते जिल्ला अदालतले जिल्ला प्रहरी कार्यालय दोलखालाई सांसद गुरुङलाई उपस्थित गराउन पत्र काटेको थियो। खड्का तत्कालीन नेकपा माओवादीका कार्याकर्ता हुन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया