बिएल संवाददाता
लेखक तथा राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरूद्ध गौतमले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राजनीतिमा आउन वर्तमान व्यवस्थाले कुनै अवरोध नगरेको बताएका छन्।
बीएल नेपाली सेवासँगको कुराकानी गर्दै उनले भने, ‘विद्यालाई राजनीतिमा आउन वर्तमान व्यवस्थाले अनुमति दिएको छ। कुनै रोकतोक छैन। उहाँको समस्या एमालेमा फर्किन्छु भन्ने हो। यो ओली र उहाँबीचको द्वन्द्व हो।’
विद्याले जुनसुकै पार्टीमा प्रवेश गर्न, नयाँ पार्टी खोल्न पनि सक्ने वा एमालेबाहेक अन्य दलमा गएर नेतृत्व गर्नसक्ने उनले बताए।
उनले सक्रिय राजनीतिमा रहेको मानिस निष्क्रिय बस्न नसक्ने भएकाले पूर्वराष्ट्रपतिको निर्णयलाई अन्यथा लिन नमिल्ने बताए।
उनले मानिसमा सक्रिय उमेर रहुन्जेलसम्म केही गर्ने इच्छा भइरहने भएकाले कोही पनि निष्क्रिय भएर बस्न नचाहने बताए।
उनले भने, ‘यदी राज्यव्यवस्थाले पूर्वराष्ट्रपतिहरूलाई सक्रिय राजनीतिक जीवनमा नआउन् भन्ने चाहन्छ भने उनीहरूले एउटा विशेष ठाउँ दिनुपर्छ, विशेष स्पेस दिनुपर्छ जहाँ उनीहरूले आफ्नो योगदान दिन सकुन्। योगदान दिने ठाउँ दिनुपर्छ। मान्छेलाई डल बनाएर पेन्सन दिएर राख्ने होइन।’
(लेखक/राजनीतिक विश्लेषक गौतमसँग गरिएको कुराकानी)
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया