
प्रधानमन्त्री केपी शर्मा ओलीले सबै सल्लाहकारलाई राजीनामा दिन निर्देशन दिएका छन्।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको सचिवालय र सल्लाहकारको पार्टीभित्र चर्को आलोचना भइरहेका बेला शुक्रबार बालुवाटारमा सबै सल्लाहकारलाई बोलाएर यस्तो निर्देशन दिएका हुन् ।
पार्टी भित्र शीर्ष नेताको असन्तुष्टिलाई सम्बोधन गर्न प्रधानमन्त्री ओलीले नयाँ ढंगले काम गर्न चाहेका छन् । ‘शुक्रबार बालुवाटारमा प्रधानमन्त्रीज्यूले छलफल गर्नु भएको छ’, स्रोतले भन्यो, ‘आवश्यक परे फेरि नियुक्त गर्न सक्ने, तर तत्कालका लागि राजीनामा दिएर काम गर्ने बाटो खोलिदिन निर्देशन दिनुभएको छ।’
एक सल्लाहकारले प्रधानमन्त्रीको सजिलोका लागि सबैले राजीनामा दिने विषयमा कुरा भएको बताए। ‘प्रधानमन्त्रीले नयाँ जोश र जागरका साथ अगाडि बढ्न खोज्नु भएको छ’, स्रोतले भन्यो, ‘त्यसै सन्दर्भमा उहाँको सजिलोका लागि सबैले राजीनामा गर्ने कुरा भएको छ।’
मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल सूचना प्रविधि सल्लाहकार अस्गर अलीसहित सबैले राजीनामा दिने छन् ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया