बुद्ध एयरले सोमबारदेखि सातामा तीन दिन काठमाडौं-कोलकत्ता उडान गर्ने

तस्बिरः बुद्ध एयर

नेपालको अग्रणी निजी एयरलाइन्स कम्पनी बुद्ध एयरले आगामी सोमबारदेखि काठमाडौं– कोलकत्ता सातामा तीन दिन नियमित उडान गर्ने भएको छ।

आईतबार राजधानीमा बुद्ध एयरले पत्रकार सम्मेलन गरि काठमाडौं-कोलकत्ताको व्यवसायीक उडानबारे जानकारी गराएको हो।

सोमबारदेखि काठमाडौं–कोलकत्ता–काठमाडौंको व्यवसायीक उडान सुरू गर्न लागेको बुद्ध एयरका प्रबन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले जानकारी दिए।

बुद्ध एयरले सातामा तीन दिन सोमबार, बुधबार र शुक्रबार काठमाडौं-कोलकत्ता उडान गर्न लागेको हो।

अन्तर्राष्ट्रिय उडानको अभ्यासको रुपमा सुरू गर्न लागेको काठमाडौं-कोलकत्ता उडान सफल भए अन्य स्थानका लागि अन्तराष्ट्रिय उडान सुरु गरिने प्रबन्ध निर्देशक बस्नेतले जानकारी दिए।

बिहान ८ बजे काठमाडौंबाट कोलकत्ता र बिहान साढे १० बजे कोलकत्ताबाट काठमाडौं उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ।

यसअघि पनि बुद्ध एयरले भारतको बनारसमा नियमित अन्तर्राष्ट्रिय उडान गर्दै आइरहेको छ।

प्रकाशित मिति: : 2019-05-26 15:29:06

प्रतिकृया दिनुहोस्