लयमा फर्किएको अष्ट्रेलियालाई स्तब्ध पार्ने अफगानिस्तानको लक्ष्य

तस्बिरः एजेन्सी

साविक विजेता अस्ट्रेलिया अफगानिस्तानलाई हराउँदै इंग्ल्याण्ड र वेल्समा जारी विश्वकप क्रिकेट प्रतियोगितामा उत्कृष्ट सुरुआत गर्ने तयारीमा रहेको छ।

दुई अभ्यास खेलमा सानदार जित निकालेको अष्ट्रेलियालाई आफ्नो पुरानो साख फर्काउन यो प्रतियोगिता महत्त्वपूर्ण हुनसक्छ।

‘बल टेम्परिङ’ कान्डमा कप्तान र उपकप्तान निलम्बनमा परेपछि टोलीको लय खस्किए पनि भारत र पाकिस्तानविरुद्धको शृंखलामा शानदार विजय हासिल गरेपछि अस्ट्रेलियाको मनोबल बढेको छ।

अहिले पूर्वकप्तान स्टिभ स्मिथ र डेबिड वार्नर टोलीमा फर्किएपछि पछिल्लो समय खराब परिस्थितीबाट गुज्रिएको अस्ट्रेलियाको उपाधि रक्षा गर्ने आस झनै बढेको छ।

ओपनर कप्तान एरोन फिन्चले ‘वार्मअफ’ मा लय गुमाए पनि उस्मान ख्वाजाले गरेको एकरुपको प्रदर्शनले अस्ट्रेलियाको अग्रपंक्तिलाई मजबुत छ। यो सँगै मार्कस् स्टोनिस र ग्लेन मयाक्सवेल पनि लयमा छन्। बलिङमा पनि अष्ट्रेलिया लयमा छ।

यता इङ्ल्यान्डविरुद्धको दोस्रो ‘वार्मअप’ फराकिलो हार व्यहोरेको अफगानिस्तानको मनोबल केही गिरे पनि पहिलो अभ्यास खेलमा पाकिस्तानमाथि सानदार जित निकाले पछि केही लयमा देखिएको छ।

अफगानिस्तान प्रतियोगितामा सबभन्दा कम अनुभवी टोली हो। आइसिसीको प्रतियोगिताहरूमा कम अनुभवी भए पनि अफगानिस्तान जुनसुकै टोलीलाई पनि निराश बनाउन सक्ने क्षमता राख्छ। जुन ‘वार्मअफ’ खेलमा पाकिस्तानविरुद्ध तीन विकेटको जितले पनि पुष्टि गर्छ।

कप्तान गुलबदीन नाइब ओपनिङ ब्याट्सम्यानबाट राम्रो सुरुआतको अपेक्षा राख्छन्। उत्कृष्ट तीन स्पिनर रासिद खान, मोहम्मद नाबी र मुजीब मिघटको संयोजनबाट अफगानिस्तानले फरक नतिजा निकाल्न सक्छ।

अफगानिस्तानले पहिले ब्याटिङ गर्दै २५०-२८० रन बनाए लक्ष्यलाई बचाउन सक्छ। सोही रनको लक्ष्य पाए जित्न पनि सक्छ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको अफगानिस्तान आश्चर्य जनक नजिता निकाल्न सक्छ । वार्मअप खेलमा पाकिस्तानलाई हराएको अफगानिस्तानको मनोबल अझ उच्च छ ।

प्लेयर्स टु म्याच

रासिद खान (अफगानिस्तान)

आइसिसी एकदिवसीय अन्तर्राष्ट्रिय वरियाताको बलिङतर्फ तेस्रो स्थानमा रहेका रासिद खान अफगानिस्तानका प्रमुख खेलाडी हुन्।

२० वर्षे रासिदसँग विगबासमा अस्ट्रेलियन ब्याट्सम्यानविरुद्ध खेलेको राम्रो अनुभव छ। त्यसले अस्ट्रेलियान ब्याट्सम्यानका लागि रसिद टाउको दुखाई बन्‍न सक्छ।

स्टिभ स्मिथ(अस्ट्रेलिया)

अभ्यास खेलमा आयोजक इंग्ल्याण्डविरुद्ध शतक बनाएका  स्टिभ स्मिथले लयमा छन्।

स्पिनरविरुद्ध खेल्नसक्ने क्षमाता राख्ने उनी मध्यक्रममा अफगानिस्तानका रासिद र नाबीको सामना सहजै गर्न सक्छन्।

सम्भावित टिम

अफगानिस्तान:

मोहम्मद शाहजाद, हजरतुल्लाह जजाई, रहमत शाह, असगर अफगान, मोहम्मद नाबी, गुलाबदिन नाइब (कप्तान),नाजिबुल्लाह जार्धान, राशिद खान, मुजिव उर रहमान, हामिद हसन, दौलत जर्दान

आस्ट्रेलिया :

आरोन फिन्च, डेभिड वार्नर, उसमान ख्वाउजा/ साउन मार्स, स्टेभेन स्मिथ, ग्लेन म्याक्सवेल, मार्कस स्टोनिस, एलेक्स कार्रे, पट कुमिन्स, नाथन कल्टर नाइल, मिचेल स्टेर्स र आदम जाम्पा

 

प्रकाशित मिति: : 2019-06-01 12:01:01

प्रतिकृया दिनुहोस्