
बिएल संवाददाता
काठमाडौं महानगरपालिका मेयर बालेन साहले ६ महिनापछि कार्यपालिका बैठक बोलाएका छन्।
बालेनको सचिवालयका अनुसार प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई छुट्टीमा बस्न लगाएर बालेनले कार्यपालिका बैठक बोलाएका हुन्। बैठक भोलि शुक्रबार २ बजे बस्ने गरी बोलाइएको छ।
बालेनले गुरागाईंसँग बैठक नबस्ने अडान नछोडेपछि कार्यपालिका सदस्यहरूले पनि उनलाई छुट्टीमा बस्ने दवाब दिएको बुझिएको छ। गुरागाईंले पनि आग्रह स्वीकार गर्दै बिदामा बस्न तयार भएको बुझिएको छ।
स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ। नयाँ आर्थिक वर्षको बजेट नै आउन नसकेपछि कार्यकारी अधिकृतलाई नै बिदामा राखेर भएपनि कार्यपालिका बैठक बोलाउन लागिएको हो।
काठमाडौं टावरको नक्सा पास गरेको विषयलाई लिएर विवाद सुरू भएपछि बालेनले गुरागाईंसँग बैठक नबस्ने अडान लिएका थिए। त्यसयता गत पुस महिनादेखि कार्यपालिका बैठक बस्न सकेको छैन। ऐनमा भने महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था छ।
यसअघि एमालेबाट उपमेयर बनेकी सुनिता डंगोलले प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई बाइपास गरेर बैठक बस्न नसक्ने बताउँदै आएकी थिइन्। तर, बालेनले पछि हट्ने संकेत नगरेपछि अन्तमा गुरागाईंलाई बिदामै राखेर भएपनि बैठक डाक्न उनी तयार भएकी हुन्।
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
प्रतिक्रिया