संयुक्त राष्ट्र संघले बेलायतविरोधी 'फेक न्युज' रोक्न एक करोड ८० लाख स्टर्लिङ पाउण्ड खर्च गर्ने भएको छ । पूर्वी युरोप तथा मध्य एशियामा बढ्दो बेलायतविरोधी फेक न्युज रोक्न राष्ट्रसंघले यस्तो बजेट व्यवस्था गरिदिएको हो ।
झुटा समाचार प्रकाशनमा नियमन गर्न र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गर्न आगामी तीन वर्षका लागि बजेटको व्यवस्था गरिएको हो ।
बजेट द्वन्द्व, स्थिरता र सुरक्षाकोषबाट लिइएको बजेट केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्न प्रयोग गरिने छ ।
खासगरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधी अभियान चलाइरहेको छ । यही क्रममा यसै साता यसले सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनसमेत आयोजना गरेको थियो ।
प्याकेज पूर्वी यूरोप तथा मध्य एशियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाह रोक्ने पाँचवर्षे अभियानस्वरूप ल्याइएको हो। एजेन्सी
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया