संयुक्त राष्ट्र संघले बेलायतविरोधी 'फेक न्युज' रोक्न एक करोड ८० लाख स्टर्लिङ पाउण्ड खर्च गर्ने भएको छ । पूर्वी युरोप तथा मध्य एशियामा बढ्दो बेलायतविरोधी फेक न्युज रोक्न राष्ट्रसंघले यस्तो बजेट व्यवस्था गरिदिएको हो ।
झुटा समाचार प्रकाशनमा नियमन गर्न र स्वतन्त्र सञ्चारमाध्यमलाई मजबुत गर्न आगामी तीन वर्षका लागि बजेटको व्यवस्था गरिएको हो ।
बजेट द्वन्द्व, स्थिरता र सुरक्षाकोषबाट लिइएको बजेट केही दबिएका समुदायका बारेमा लेख्ने पत्रकारलाई सहयोग गर्ने र भ्रामक तथा तथ्यहीन समाचारलाई हतोत्साहित गर्न प्रयोग गरिने छ ।
खासगरी सालिसबरी घटनापछि बेलायतले भ्रामक समाचारविरोधी अभियान चलाइरहेको छ । यही क्रममा यसै साता यसले सञ्चारमाध्यमको स्वतन्त्रताका लागि विश्वव्यापी सम्मेलनसमेत आयोजना गरेको थियो ।
प्याकेज पूर्वी यूरोप तथा मध्य एशियामा स्वतन्त्र सञ्चारमाध्यमका लागि भ्रामक सूचना प्रवाह रोक्ने पाँचवर्षे अभियानस्वरूप ल्याइएको हो। एजेन्सी
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया