बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपन्थी नेताहरूको एकलौटी मन्त्रिमण्डल गठन गरेका छन् ।
यसक्रममा उनले पूर्ववर्ति मे सरकारका १७ जना मन्त्रीलाई हटाएका छन् वा राजीनामा दिन बाध्य पारेका छन् ।
जोनसनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना ब्रिटिश नागरिकले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसरी जिम्मेवारी पाउँनेमा भारतीय मूलकी प्रिती पटेल गृहमन्त्री भएकी छिन् भने पाकिस्तानी मूलका साजिद जावेद अर्थमन्त्री भएका छन् । जावेद मेको सरकारमा गृहमन्त्री रहेका थिए भने पटेल पनि केही समयअघिसम्म मे सरकारमा मन्त्री थिइन् । उनी गोपनियतासम्बन्धी विवादमा तानिएपछि राजिनामा दिन बाध्य भएकी थिइन् ।
जोनसनसँगै प्रधानमन्त्रीका लागि पार्टीभित्र प्रतिस्पर्धा गरेका जेरमी हन्ट पनि हटाइएका छन् । मेको सरकारमा विदेशमन्त्री रहेका उनलाई अन्य मन्त्रालय लिन भनेपछि उनले राजिनामा दिएका थिए । यसैगरी टोरी नेताका रूपमा जेरमी हन्टलाई समर्थन गरेका रक्षा मन्त्री पेनी मोर्डन्ट, अन्तर्राष्ट्रिय व्यापारमन्त्री लाइम फक्स र व्यापारमन्त्री ग्रेग क्लार्क पनि बाहिरिएका छन्।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया