बेलायतका नवनियुक्त प्रधानमन्त्री बोरिस जोनसनले ब्रेक्जिटपन्थी नेताहरूको एकलौटी मन्त्रिमण्डल गठन गरेका छन् ।
यसक्रममा उनले पूर्ववर्ति मे सरकारका १७ जना मन्त्रीलाई हटाएका छन् वा राजीनामा दिन बाध्य पारेका छन् ।
जोनसनको मन्त्रिमण्डलमा एसियाली मूलका दुईजना ब्रिटिश नागरिकले महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका छन् । यसरी जिम्मेवारी पाउँनेमा भारतीय मूलकी प्रिती पटेल गृहमन्त्री भएकी छिन् भने पाकिस्तानी मूलका साजिद जावेद अर्थमन्त्री भएका छन् । जावेद मेको सरकारमा गृहमन्त्री रहेका थिए भने पटेल पनि केही समयअघिसम्म मे सरकारमा मन्त्री थिइन् । उनी गोपनियतासम्बन्धी विवादमा तानिएपछि राजिनामा दिन बाध्य भएकी थिइन् ।
जोनसनसँगै प्रधानमन्त्रीका लागि पार्टीभित्र प्रतिस्पर्धा गरेका जेरमी हन्ट पनि हटाइएका छन् । मेको सरकारमा विदेशमन्त्री रहेका उनलाई अन्य मन्त्रालय लिन भनेपछि उनले राजिनामा दिएका थिए । यसैगरी टोरी नेताका रूपमा जेरमी हन्टलाई समर्थन गरेका रक्षा मन्त्री पेनी मोर्डन्ट, अन्तर्राष्ट्रिय व्यापारमन्त्री लाइम फक्स र व्यापारमन्त्री ग्रेग क्लार्क पनि बाहिरिएका छन्।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया