बेलायतमा उखरमाउलो गर्मी छ । गर्मी छल्नका लागि बेलायतीहरू समुद्रकिनारमा जाने गर्थे । तर, यसपटक सिगल चराले ज्यानमारा आक्रमण गरेर त्यता जानै दिएको छैन ।
केही दिनयता डोरसेटको समुद्री तटमा आनन्द लिइरहेकामाथि सिगल चराले आक्रमण गरेको तस्बिर बेलायतमा भाइरल भएका छन् ।
आखिर के भयो सिगल चरालाई ? किन रिसायो ऊ मानिससँग यसरी ? यी र यस्तै प्रश्नहरू फालिम लागिरहेका छन् । अनुसन्धानकर्मी अध्येताहरू भन्छन् - यसको निम्तो मानिस आफैंले दिएको हो । उनीहरूको अध्ययनको निष्कर्ष छ- मानिसले फाल्ने खाद्यपदार्थ, समुद्र किनारमा हुने बस्ती विस्तार र ध्वनि प्रदूषणले उनीहरूमा रिस बढेको छ । अहिले त्यही रिस उनीहरू समुद्र किनारमा आउँने मानिस र ससाना जीवजन्तुमा पोखिरहेका छन् ।
मार्टिन क्याड बेलायतका नामुद चरा विशेषज्ञ हुन् । उनी ३० वर्षदेखि चराकै पछि लागिरहेका छन् । त्यसमा पनि धेरै समय त सिगलकै पछि लागेर बितेको छ । उनको विचारमा मानिसले समुद्र किनारमा खाद्यपदार्थ फ्याँक्नु नै सिगल रिसाउनुको प्रमुख कारण हो ।
उनका अनुसार अर्को कारण ऊ शान्त वातावरणमा यौनक्रिडा गर्न रूचाउँछ । त्यसो भयो भने मात्र उसले सन्तान उत्पादन गर्न सक्छ । तर, यतिबेला समुद्रकिनारसम्मै मानव वस्ती बढेर उसले रमाएर यौन क्रिडा गर्न पाएको छैन । यौनक्रिडाका बेला बाधा पुर्याएपछि उसको रिस अरू बढेको छ ।
रोयल सोसाइटी फर द प्रोटेक्सन अफ बर्डसले भनेको छ- समुद्रमा खानेकुरा नफाल्ने र यौनक्रिडाका लागि शान्त वातावरण बनाइ दिने हो भने सिगल रिसाउन छोड्छ । त्यसपछि मात्र मानिस गर्मी छल्न समुद्रकिनार जान सक्छन् ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया