
बेलायती ट्रम्पको उपमा पाएका ब्रिटिस प्रधानमन्त्री बोरिस जोन्सन (बोजो) लाई अर्को झड्का लागेको छ ।
उनलाई यो झड्का स्कटल्याण्डको उच्च अदालत 'कोर्ट अफ सेसन'ले दिएको हो । अदालतले त्यहाँ परेको एक मुद्दामा प्रधानमन्त्री बोरिस जोन्सनद्वारा ब्रिटिश संसद निलम्बित गरेको र त्यसबारे महारानी एलिजाबेथलाई दिएको सल्लाह अवैध भएको फैसला गरेको छ।
स्कटिश न्यासनल पार्टीका ब्रेक्जिट विरोधी सांसदहरूले दर्ता गराएको मुद्दाको सुनुवाइका क्रममा यस्तो आदेश आएको हो ।
सोमबारदेखि सुरू भएको पाँच हप्ते निलम्बन सुरू हुनासाथ यस्तो फैसला आएको छ ।
अब यो फैसलाका विरूद्ध जोनसनले व्रिटिस सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्नेछन् । सर्वाेच्च अदालतको फैसलापछि नै संसद निलम्वन हुने वा नहुने टुंगो लाग्ने छ ।
यसअघि एक तल्लो अदालतले सरकारको पक्षमा फैसला गरेको थियो । तर, त्यो मुद्दामा पनि पुनरावेदन गरिएकाले सर्वोच्च अदालतमै पुगेको छ ।
स्कटल्याण्डको अदालतको फैसलाको सरकारको निलम्बन निर्णयमा के प्रभाव पर्छ भन्ने प्रस्ट छैन । तर, मुद्दाको वादी पक्षले तत्काल संसद सुरू गर्न माग गरेका छन् ।
यो मुद्दामा प्रधानमन्त्री बोजोले ब्रिटिस महरानी समेतलाई गुमराहमा राखेको गम्भीर आरोपको विषय पनि जोडिएको छ । ब्रिटिस जनता राजसंस्थालाई विवादमा तानेको रूचाउँदैनन् । त्यसैले यो विषय बोजोका लागि निक्के महंगो पर्ने जस्तो देखिएको छ ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया