न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ। देशको उत्तरी क्षेत्रमा आएको भूकम्पपछि हजारौं व्यक्ति विस्थापित भएका छन्।
स्थानीय अधिकारीहरुले दिएको जानकारीअनुसार भूकम्पपछि आइतबार मध्याह्नसम्ममा ५ हजार भन्दा बढी विस्थापित भएका थिए। भूकम्पका कारण कति जनाको मृत्यु भयो र अन्य के कति क्षति भयो भन्ने विवरण प्राप्त भइनसकेको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समयानुसार आइतबार विहान ५.३४ बजेतिर भूकम्प आएको हो। भूकम्प प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी गरेको बताइएको छ। सुरुमा ५.३ म्याग्नीच्युड र त्यसपछि सबैभन्दा ठूलो ५.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले बताएका छन्। सो भूकम्प केन्द्रविन्दु समून्द्रको १ सय १५ किलोमिटर तल रहेको जनाइएको छ। (रासस)
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया