
गैरआवासीय नेपाली संघ अष्ट्रेलिया सदस्य संख्याको हिसावले विश्वकै नम्बर १ एनआरएन हुने सम्भावना बढेको छ। ११ हजार आठसय १८ जनाले सदस्यका लागि सशुल्क आवेदन दिएपछि यो सम्भावना बढेको हो। सातहजार ६६ जनाको सदस्यता पक्का भैसकेको छ भने अन्यको प्रक्रियामा रहेको छ। केही संख्याले सदस्यता नपाए पनि अब अष्ट्रेलियालाई एनआरएनको रोल नम्बर १ हुन अब केहीले पनि रोक्ने छैन।
एनआरएन अमेरिकाको सदस्य संख्या यसअघि १६ हजार आठ सय ८१ सम्म पुगेर रोल नम्बर १ भएको थियो। तर, यसपटक सदस्य संख्यामा ठुलो गिरावट आएर सदस्य संख्या नौहजार दुई सय १८ मा सिमीत भएको छ। यो सदस्य संख्यासँगै अमेरिका एनआरएन रोल नम्बर २ मा झरेको छ।
एनआरएन अमेरिका अनेकौ कारणले विवादमा छ। यही विवादित छविका कारण संसारमै धेरै एनआरएन भए पनि एनआरएन अमेरिकाको सदस्यता लिनेको संख्या १ प्रतिशत पनि छैन। एनआरएन अमेरिकाले नै गरेको एक अध्ययनले अमेरिकामा तीनलाख ५० हजार नेपाली रहेको देखाएको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया