बुधबार, ३० जुलाई २०२५

ट्यूनिशियाको राष्ट्रपतिका लागि सैयदद्वारा सपथ ग्रहण

News Image
तस्बिरः एजेन्सी
• • •

ट्यूनिशियाका नवनिर्वाचित राष्ट्रपति काइस सैयदद्वारा बुधबार राष्ट्रपतिका रूपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्।

राजनीतिक वृत्तमा ख्यातिप्राप्त आफ्ना प्रतिस्पर्धीहरूलाई चकित तुल्याउँदै निर्वाचित बनेका सैयदलाई गत अक्टोबर १३ मा सम्पन्न निर्वाचनबाट बहुमत मिलेको थियो ।

पुरातनवादी विद्वान् सैयदको यस पहिले कुनै राजनीतिक अनुभव नरहे पनि उनलाई मुलुकको यूवापुस्ताले अनपेक्षितरूपमा समर्थन दिएका थिए । उनले संविधान सभा तथा राज्यका उच्च निकायका सदस्यको उपस्थितिमा सपथ ग्रहण गरेका छन् ।

उनले दोस्रो चरणको निर्वाचनमा ७२.७१ मत प्रतिशत ल्याई विजय भएका थिए भने प्रसिद्ध व्यवसायी तथा आफ्ना प्रतिस्पर्धी नाबिल करोइले २७.२९ मत ल्याएका थिए।

बुधबार, कार्तिक ०६, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)