अग्रता जोगाउन नसक्दा डर्टमण्ड पराजित

बिएल संवाददाता

काठमाडौं, बैशाख ४

जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमण्ड पराजित भएको छ।

शुक्रबार राति भएको खेलमा डर्टमण्ड होफेनहाइमसँग २–१ गोल अन्तरले पराजित भएको हो। होफेनहाइमको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा डर्टमण्ड पराजित भएको हो।

खेलको १७ औं मिनेटमा मारियो गोट्जेको गोलबाट डर्टमण्डले सुरुवाती अग्रता बनाएको थियो। तर, खेलको ७९ औं मिनेटमा सर्गिस एडमयनले गोल गर्दै होफेनहाइमलाई खेलमा फर्काए।

त्यसपछि खेलको ८७ औं मिनेटमा आन्द्रेज क्रमारीकले गोल गर्दै होफेनहाइमलाई २-१ को जित दिलाए।

यो हारसँगै डर्टमण्डले १७ खेलमा ३० अंक जोडेको छ।  डर्टमण्ड चौंथो स्थानमा छ।

प्रकाशित मिति: : 2019-12-21 22:55:18

प्रतिकृया दिनुहोस्