शनिबार, १२ सेप्टेम्बर २०२६

ठगी मुद्धामा पक्राउ परेका कांग्रेस अनुशासन समितिका संयोजक गुरुङ रकम बुझाएर छुटे

News Image
• • •

ठगी मुद्धामा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा अनुशासन समितिका संयोजक तारामान गुरुङ रिहा भएका छन्।

जिल्ला प्रहरी परिसर, काठमाडौंले ठगी मुद्धाको जाहेरीका आधारमा ९ दिनअघि पक्राउ परेका गुरुङले रकम बुझाएपछि छाडिदिएको बतायो।

पूर्वराज्यमन्त्री समेत रहेका गुरुङविरुद्ध ३ जना पीडितले किटानी जाहेरी दिएका थिए। तीनैजना पीडितको रकम बुझाएपछि उनलाई हिरासत मुक्त गरिएको प्रहरीले जनाएको छ।

उनीविरुद्ध दोर्जे शेर्पा, रिंगुज्याम्बु शेर्पा र सुनुर्पा शेर्पाले प्रहरीमा जाहेरी दिएका थिए। उनीहरूको जाहेरीपछि प्रहरीले भदौ १८ गते गुरुङलाई पक्राउ गरेको थियो।

प्रहरी स्रोतका अनुसार गुरुङले दोर्जेको ३३ लाख ५० हजार, रिंगुको १४ लाख र सुनुर्पुको २४ लाख रुपैयाँ बुझाएपछि रिहा भएका हुन्।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!