बिएल संवाददाता
                                राष्ट्रपति विद्यादेवी भण्डारी फेरि एकपटक विवादमा तानिएकी छिन्। नेपालको संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपति भएपनि यदाकदा 'खोपीको देउता' हुन नचाहने लोभ र महत्वाकांक्षा उनमा देखिदै आएको छ । उनको यही लोभ र महत्वाकांक्षाले संवैधानिक राष्ट्रपति कार्यकारी राष्ट्रपतिजस्तो देखिदा उनी विवादमा पर्ने गरेकी हुन्। पटक पटक दोहोरिने यो क्रम देख्दा लाग्छ, यो संजोग हैन, उनको भित्री चाहना हो।
खासगरी तत्कालिन नेकपाकी उपाध्यक्ष रहिसकेकी उनी आज पनि त्यही पार्टी र त्यही गुट नेकपाका नाममा सत्तारूढ भएको 'ह्याङओभर राजनीति' गरिरहेको भनेर आलोचना खेप्दै आएकी छिन्। 'ओपन सिक्रेट'जस्तै रहेको यस विषयमा उनकै पूर्वपार्टीमा उपाध्यक्ष रहेका नेकपा नेता भीम रावलले यसपटक स्थायी समिति बैठकमा लिखितरूपमै राखेर औपचारिकता दिएका छन्।
‘पहिला प्रधानमन्त्री केपी ओलीजी र म उहाँलाई भेट्न गएकोमा गल्ती भएको जस्तो लागेको छ मलाई। अहिलेपनि साथीहरु बैठक चलिरहेको बेला जानुभयो, राष्ट्रपतिज्यूले पनि बैठक चलिरहेको बेला नबोलाएको भए हुन्थ्यो। अब फेरि कुरा उठ्छ।
- पुष्पकमल दाहाल 'प्रचण्ड'
पछिल्लोपटक शनिबार उनले नेकपाका १० युवा नेतालाई शीतल निवास बोलाएर छलफल मात्र गरिनन्, दिवाभोज नै दिइन् । यसरी दिवाभोज पाउँनेमा तत्कालिन एमालेका घनश्याम भुषाल, प्रदीप ज्ञवाली, विष्णु रिमाल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल र युवराज खतिवडा थिए भने तत्कालिन माओवादीका वर्षमान पुन, शक्ति बस्नेत, जनार्दन शर्मा, देवेन्द्र पौडेल, देव गुरूङ थिए।
नेकपा स्थायी समिति बैठक चलिरहेकै बेला पार्टी अध्यक्ष र महासचिवलाई जानकारी नै नदिई राष्ट्रपतिको निमन्त्रणामा शितल निबास पुगेर, छलफल गरी, दिवाभोजसमेत खाएर बैठक कक्षमा हुल बाँधेर पसेपछि अध्यक्ष प्रचण्डले स्पष्टिकरण सोधेको बैठकमा एक सहभागीले वीएल नेपालीलाई बताए।
उनका अनुसार बैठकको अध्यक्षता गरिरहेका प्रचण्डले सोधेका थिए, ‘तपाईंहरु उहाँलाई भेट्न जाँदा मलाई जानकारी दिनु नपर्ने? बैठक चलिरहेको छ, एकैपटक यति नेता जाँदा औपचारिक रुपमा नभनी हिड्ने? यो के हो? यो विधिको कुरा हो कि हैन?'
जवाफमा पार्टी नेता प्रदीप ज्ञवालीले सबैका तर्फबाट क्षमा मागेको जानकारी दिदै ती सहभागीले बीएल नेपालीलाई भने, 'प्रदीप ज्ञवालीका अनुसार बैठकमा राष्ट्रपतिले देशको आर्थिक अवस्थाका बारेमा प्रकाश पारिरहिन्, उनीहरूले सुनिरहे। अरू केही भएन। खाना पाक्न समय लाग्यो, खाएर आउँदा ढिला भएको थियो।'
बैठकमा सहभागी भीम रावल, रघुजी पन्त, अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको यस कार्यको चर्को विरोध गरेपछि बैठक नै अवरूद्ध भएको थियो । स्थिति काबुभन्दा बाहिर जान लागेपछि पार्टी अध्यक्ष प्रचण्डले 'राष्ट्रपतिले भेट्नै नहुने भन्ने होइन तर बैठक बसिरहेको बेला यसो गर्दा सन्देश राम्रो नजाने आफ्नो मनसाय रहेको' भन्दै रूलिङ गरेर बैठक सुचारू गरेका थिए।
राष्ट्रपतिज्यूले नेपालको अर्थतन्त्रबारे थारै जिज्ञासा र आफ्ना कुरा राख्नु भयो, हामीले सुन्यौं। खाना पाकिरहेको थियो, खाएर आउँदा ढिला भयो। ढिला भएकोमा सबैको तर्फबाट क्षमा माग्छु।’
- प्रदीप ज्ञवाली
यसअघि नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीच कार्यविभाजनको सहमति हुनु अघि पनि राष्ट्रपति भण्डारीले दुबै नेतालाई शीतलनिवास बोलाएकी थिइन् । त्यसलगत्तै उनीहरूबीच सहमति भएकोले धेरैले यसमा पनि राष्ट्रपति भण्डारीको भूमिका रहेको 'मिडिया चर्चा' भएको थियो।
नेकपा नेता भीम रावल राष्ट्रपति भण्डारीको यो क्रियाकलापको खुलेर विरोध गर्दै आएका छन्। उनले नेकपा स्थायी समिति बैठकमै राष्ट्रपतिको गतिविधि असंवैधानिक भएको भनेर लिखित मन्तव्य नै राखे । उनले यस प्रकरणमा पनि बैठकमै प्रश्न गरेका थिए- ‘जे मन लाग्यो त्यही गर्न पाईन्छ राष्ट्रपतिले?
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया