
बिएल संवाददाता
मेलबर्न स्टार्सले बिगबास लिग क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ।
आइतबार भएको खेलमा होबर्ट हुरिकान्सलाई ५२ रनले पराजित गर्दै मेलबर्नले लगातार दोस्रो जित निकालेको हो।
मेलबर्नले दिएको १ सय ६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको होबर्टले १६ ओभरमा अलआउट हुँदै १ सय ११ रनमा समेटियो।
होबर्टका लागि क्लिभ रोजले सर्वाधिक ३२ रन बनाए। यस्तै कालेप जेवेलले २५ रन बनाए।
होबर्टलाई सस्तैमा समेट्न मेलबर्नका हरिस राउफले ५ विकेट लिए। कप्तान ग्लेन म्याक्सवेल र एडम जाम्पाले २/२ विकेट लिए।
सन्दीपले ३ ओभर बलिङ गर्दै १८ रन खर्चिएर १ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६३ रन बनाएको थियो।
मेलबर्नका लागि मार्कोस स्टोनिसले ८१ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै निक म्याडिसनले ४० तथा बेन डन्कले १९ रन बनाए।
हुरिकान्सका रीले मेरेडिथले ३ विकेट लिए।
जितसँगै मेलबर्नले २ खेलमा ४ अंक जोडेको छ। मेलबर्न तालिकाको दोस्रो स्थानमा रहेको छ। यसअघि मेलबर्नले पहिलो खेलमा ब्रिसबेन हिटलाई २२ रनले पराजित गरेको थियो।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया