बिएल संवाददाता
भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै मदन भण्डारी स्पोर्टस् एकेडेमीले विराटनगरमा खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गर्ने भएको छ। एकेडेमीको स्थापना दिवसको अवसर पारेर पुस १६ गते विराटनगरको शहीद मैदानबाट खुल्ला सडक दौडको आयोजना गरिने भएको हो।
आयोजक समितिले विराटनगरमा आइतबार पत्रकार सम्मेलन गरेर प्रतियोगिताका बारेमा जानकारी दिएको छ। एकेडेमीका प्रदेश अध्यक्ष सागर थापाले भ्रमण वर्षलाई भव्य बनाउने उद्देश्यले खुल्ला सडक दौड प्रतियोगिताको आयोजना गरिने बताए।
प्रतियोगितामा महिला तथा पुरुष दुवै स्पर्धा हुने एकेडेमी मोरङका उपाध्यक्ष तथा कार्यक्रम संयोजक मनोज विक्रम शाहले जानकारी दिए। मोरङ जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजना हुने खुल्ला सडक दौडमा करिब ५ सय जनाको सहभागिता हुने संयोजक शाहको भनाइ छ।
उनकाअनुसार प्राविधिकसँग समन्वय गरेर प्रतियोगिताको रुट तय गरिने छ।
दुवै स्पर्धामा प्रथमलाई जनही नगद ११ हजार, दोस्रोलाई ७ हजार, तेस्रोलाई ५ हजार तथा बाँकी ७/७ जनालाई जनही ३ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया