मङ्गलबार, ०६ अक्टोबर २०२६

कांग्रेस सभापतिका लागि गगन थापाले गरे उम्मेदवारी दर्ता

News Image
• • •

नेपाली कांग्रेसको सभापति पदमा गगनकुमार थापाले उम्मेदवारी दर्ता गरेका छन्।

नयाँ कार्यसमिति चयनका लागि जारी १५औं महाधिवेशनमा थापाले सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका हुन्। 

उम्मेदवारी दर्ताका लागि थापा मंगलबार साँझ काठमाडौंस्थित राष्ट्रिय सभागृह पुगेका थिए।

यसअघि उम्मेदवारी दर्ताका लागि साँझ ६ बजेसम्मको समय तोकिएको थियो। वर्षाका कारण केही आकांक्षी उम्मेदवारी दर्ताबाट छुट्न सक्ने भन्दै निर्वाचन समितिले समय थप गरी बेलुकी ७ बजेसम्म पुर्‍याएको छ।

थापाभन्दा अघि सभापतिमा काठमाडौंका प्रभावशाली नेता श्यामकृष्ण खड्गीले उम्मेदवारी दिइसकेका छन्। उनी गगनको स्कुले गुरु हुन्। थापा सिद्धार्थ वनस्थली स्कुलमा पढ्दा खड्गी सोही स्कुलमा शिक्षक थिए।

कांग्रेसको सभापतिमा गुरु–चेलाको रोचक भिडन्त हुने भएपछि चासोका साथ हेरिएको छ

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!