बिएल संवाददाता
नेपालका लागि चिनियाँ राजदूत होउ याङछीले नेपाल भ्रमण वर्ष २०२० को सफलताको शुभकामना दिएकी छन्।
मंगलबार ट्वीटरमा काठमाडौंका केही सम्पदा क्षेत्रमा घुमेका तस्वीर पोष्ट गर्दै उनले भ्रमण वर्ष २०२० लाई सफलताको शुभकामना दिएकी हुन्।
पर्यटनमन्त्री योगेश भट्टराईलाई मेन्सन गर्दै उनले ट्वीटमा लेखेकी छन्, ‘सुन्दरताले सँधै हृदयको गहिराईलाई स्पन्दन गर्दछ। इतिहास, विविधता र प्रकृतिले सुन्दर नेपाल भ्रमणका लागि उपयुक्त छ।’
नेपाल घुम्न आउने विदेशी पर्यटकमा चिनियाँ पर्यटकको संख्या उल्लेख्य छ। चीनका विभिन्न शहरहरूमा नेपाल भ्रमण वर्षको प्रवद्र्धन पनि भइरहेको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया