शनिबार, ०३ अक्टोबर २०२६

‘जगदीश खरेल ‘नेवार’ बन्ने धोको छ, ज्यापु समाजको मानार्थ सदस्य बनाइदिनुस्’

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगदीश खरेलले आफूलाई ज्यापु समाजको मानार्थ सदस्य बनाउँन आग्रह गरेका छन्।

ललितपुरमा आयोजित ज्यापू समाजको औपचारिक कार्यक्रममा बोल्दै सांसद खरेलले नेवार समुदाय, मौलिक परम्परा र संस्कृतिप्रतिको गहिरो लगाव व्यक्त गर्दै आफूलाई ‘जगदीश खरेल नेवार’का रूपमा चिनाउने धोको रहेको बताए।

उनले विधान र परम्पराले दिएमा आफूलाई कुनै अधिकारबिनाको केवल कर्तव्य निर्वाह गर्ने ‘मानार्थ सदस्य’ बनाउन नेतृत्वसमक्ष प्रस्ताव समेत राखे।

‘अब त जगदीश खरेल मात्र होइन, जगदीश खरेल नेवार भनेर चिनिन मन छ। यहाँहरूको विधान, नियम, कानून र प्रक्रियाले मिल्छ कि मिल्दैन, मलाई थाहा छैन। तर एउटा सानो लोभ छ, कर्तव्य निर्वाह गर्नका लागि भएपनि ज्यापु समाजको मानार्थ सदस्य बन्न पाए कति गजब हुन्थ्यो होला। मलाई कुनै अधिकार चाहिँदैन । बरु मानार्थ सदस्य बनाएर बेलाबेलामा, ‘तिमी त समाजको सदस्य हौ, यो काम किन गरेनौ? भनेर गाली गर्ने अधिकार यहाँहरूलाई होस्,’ खरेलले भने।

उनले थपे ‘ललितपुरको कला र संस्कृतिप्रति मेरो सधैँ गहिरो सम्मान छ। कृष्णलाल महर्जन ‘बा’प्रति मेरो विशेष सम्मान छ। चन्द्र दाइसँग आत्मीय सम्बन्ध छ, प्रेमबहादुर महर्जन मान्यज्यूसँग पनि उत्तिकै आत्मीयता छ,’ खरेलले भने।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!