जाडोमा नानीबाबुको हेरचाह कसरी गर्ने?

डा यादव ढकाल

काठमाडाैं

ठूला मान्छेको तुलनामा बच्चाहरूको रोगसँग लड्ने क्षमता कम हुन्छ।

जाडो मौसममा भाइरसको वृद्धिदर एकदमै बढी हुन्छ। किटाणु पनि धेरै सक्रिय हुन्छन्।

बच्चाको रोगसँग लड्ने क्षमता कम हुने हुँदा नानीबाबुहरूलाई जाडोको समयमा बढी समस्या देखिन्छ।

चिसो मौसममा धेरैलाई श्वासप्रश्वासको समस्या हुन्छ। बच्चालाई नाकदेखि फोक्सोसम्म असर देखिन्छ।

नाकसम्बन्धी रोगमा रुघा,खोकी र एलर्जी हुन्छन्।

घाँटी र कानसम्बन्धी संक्रमण देखिन्छ भने श्वास नलीको संक्रमण पनि देखिने गर्छ।

जाडोमा बच्चाहरूलाई दमले पनि सताउने खतरा हुन्छ। दुई वर्षभन्दा सानो बच्चालाई हुने दमलाई ब्रोङकटाइटिस भनिन्छ भने दुई वर्षभन्दा माथिकालाई हुने दमलाई आज्मा भनिन्छ।

बच्चालाई फोक्सोको संक्रमण पनि हुन्छ। फोक्सोको संक्रमणले निमोनिया हुन्छ। बच्चालाई पेटसम्बन्धी समस्या देखियो भने पेट दुख्ने, वान्ता हुने र झाडापखाला हुने हुन्छ।

प्रकाशित मिति: : 2020-01-11 22:05:19

प्रतिकृया दिनुहोस्