
बिएल संवाददाता
पाकिस्तानका अलराउण्डर मोहम्मद हाफिजले अन्तराष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। पाकिस्तरानी टोलीको कप्तानीसमेत सम्हालिसकेका हफिजले शुक्रबार यसै वर्ष अस्ट्रेलियामा हुने टि ट्वान्टी विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका हुन।
'मैले पाकिस्तानका लागि १७ वर्षसम्म खेले र आफ्नो सर्वश्रेष्ठ दिने कोशिश गरे। मैले कयौंपटक मेरो बलिङमा कमी पनि महशुस गरे', हाफिजले आफ्नो क्रिकेट करियरको समीक्षा गर्दै भने। 'यो मेरा लागि सम्मानको कुरा हो। म टि ट्वान्टी क्रिकेट विश्वकप खेल्न चाहन्छु अनि अन्तराष्ट्रिय क्रिकेटबाट बाहिर जानेछु।'
हफिजले सन् २००३ मा उनी पहिलो पटक अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू भएका थिए। उनले ५५ अन्तराष्ट्रिय टेस्टबाट ३ हजार ६ सय ५२ रन बनाउनुका साथमा ५३ विकेट लिएका छन्। यस्तै २१८ एक दिवसीय खेल खेलेका उनले ६ हजार ६ सय १४ रन बनाएका छन्। यस संरचनामा उनले १३९ विकेट लिएका छन्।
उनले २१ शतक प्रहार गरेका छन्। १० टेस्ट र ११ वानबाट उनले यो शतक बनाएका हुन्।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया