एजेन्सी
लिबियामा भएको द्वन्द्वका कारण एक लाख ५० हजार भन्दा बढी स्थानीय बासिन्दा विस्थापित भएर शरणार्थी बन्न पुगेका छन्।
संयुक्त राष्ट्रसंघीय शरणार्थी आयुक्तको कार्यालय (युएनएचसीआर) ले शुक्रबार दिएको जानकारीअनुसार लिबियाको राजधानी त्रिपोली र आसपासका क्षेत्रमा फैलिएको द्वन्द्वका कारण उनीहरु विस्थापित भएका हुन्।
“सन् २०१९ को अप्रिलदेखि भइरहेका द्वन्द्वका घटनाहरुका कारण एक लाख ५० हजारभन्दा बढी स्थानीय बासिन्दाले आफ्नो घर छाडेर हिडेका छन्,” शरणार्थी आयुक्तको कार्यालयले भनेको छ।
विस्थापित भएर आन्तरिक रुपमा शरणार्थी भएकाहरुलाई आयुक्तको कार्यालयको तर्फबाट सहयोगी सामग्रीहरु उपलब्ध गराइरहेको पनि कार्यालयले जनाएको छ।
झण्डै तीन हजार शरणार्थी तथा आप्रवासीहरु मध्य लिबियामा नजरबस्दमा परेको पनि कार्यालयद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। त्रिपोलीमा सन् २०१९ को अप्रिलदेखि सैन्य अभियान चलाइएको छ।
उनीहरुले त्रिपोली सहर आफ्नो नियन्त्रणमा लिएका छन्। सन् २०११ मुअम्मर गद्दाफीको शासनलाई पतन भएयता लिबिया असुरक्षा र अराजकता बढ्दै गएको पाइन्छ। लिबिया गैरकानुनी युरोप जान चाहने आप्रवासीे लागि प्रस्थानको माध्यमको रुपमा पनि रहेको छ।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया