सोमबार, १४ सेप्टेम्बर २०२६

प्रधानमन्त्री भेट्नेबित्तिकै सिंहदरबारबाटै किन पक्राउ परे पालिका अध्यक्ष?

News Image
• • •

प्रधानमन्त्री बालेन्द्र शाहसँग छलफलका लागि सिंहदरबार पुगेका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्।

बाढी प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिलाई प्रधानमन्त्रीले सोमबार छलफलका लागि बोलाएका थिए। सोही छलफलमा सहभागी भएर फर्किने क्रममा तामाङलाई प्रहरीले सिंहदरबार गेटबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार अध्यक्ष तामाङलाई बैंकिङ कसुरको मद्धामा पक्राउ गरिएको हो।

प्रहरी वृत्त दरबारमार्गमा अरुण अर्याल नामका व्यक्तिले तामाङविरुद्ध जाहेरी दिएका थिए। आइतबार मात्रै काठमाडौं जिल्ला अदालतले तामाङविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

सोही आधारमा पक्राउ परेका तामाङलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको प्रहरीले जनाएको छ।

तामाङ काठमाडौंको नयाँबजारमा ओसिन ट्रान्सपोर्ट एण्ड एडभेन्चर प्रालि नामको कम्पनी चलाउँथे।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!