
बिएल संवाददाता
शहिद स्मारक ए डिभिजिन लिगमा सोमबार दुई खेल हुँदैछ।
पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र संकटा क्लब भिड्दैछन्। दोस्रो खेलमा आर्मी र च्यासल युथ क्लब खेल्नेछन्। ब्रिगेड र संकटा पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे भिड्नेछन्।
सोमबार संकटाका नियमित कप्तान रवि सिलवाल मैदान फर्कने छन्। चोटका कारण करिब ३ साता उनी मैदान बाहिर रहेका थिए। लिगमा ६ खेलमा २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेकाे संकटा बिबिसीलाई पराजित गर्दै शीर्ष ६ मा रहने योजनामा छ।
यता राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको बिबिसी २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ।
दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछन्।
संकटाविरुद्ध आर्मीले जित निकाल्न नसक्दा उसले लिगको शीर्षस्थानमा उक्लिने अवसर गुमाएको थियो। कम्तिमा बराबरीको नतिजाले समेत आर्मीलाई शीर्ष स्थानमा पुर्याउनेछ। आर्मीको ६ खेलबाट १३ अंक रहेको छ।
यता, सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासल भने रेलिगेशन जोनको नजिक छ।
उसले ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२ औं स्थानमा छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया