बिएल संवाददाता
शहिद स्मारक ए डिभिजिन लिगमा सोमबार दुई खेल हुँदैछ।
पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लब र संकटा क्लब भिड्दैछन्। दोस्रो खेलमा आर्मी र च्यासल युथ क्लब खेल्नेछन्। ब्रिगेड र संकटा पहिलो खेलमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मध्यान्न १२ बजे भिड्नेछन्।
सोमबार संकटाका नियमित कप्तान रवि सिलवाल मैदान फर्कने छन्। चोटका कारण करिब ३ साता उनी मैदान बाहिर रहेका थिए। लिगमा ६ खेलमा २ जित, २ बराबरी र २ हार सहित ८ अंक जोडेर तालिकाको आठौं स्थानमा रहेकाे संकटा बिबिसीलाई पराजित गर्दै शीर्ष ६ मा रहने योजनामा छ।
यता राष्ट्रिय टिमका पुर्व कप्तान अनिल गुरुङको कप्तानीमा रहेको बिबिसी २ जित, ३ हार र १ बराबरी गर्दै ७ अंक जोडेर तालिकाको दशौं स्थानमा छ।
दोस्रो खेलमा आर्मी र च्यासल दिउँसो ३ बजे दशरथ रंगशालामा खेल्नेछन्।
संकटाविरुद्ध आर्मीले जित निकाल्न नसक्दा उसले लिगको शीर्षस्थानमा उक्लिने अवसर गुमाएको थियो। कम्तिमा बराबरीको नतिजाले समेत आर्मीलाई शीर्ष स्थानमा पुर्याउनेछ। आर्मीको ६ खेलबाट १३ अंक रहेको छ।
यता, सुरुवाती दुई खेलमा राम्रो प्रदर्शन गरेको च्यासल भने रेलिगेशन जोनको नजिक छ।
उसले ६ खेलबाट ६ अंक बटुल्दै तालिकाको १२ औं स्थानमा छ।
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
इतिहास फेरिन्छ– जब जनताको चेतनाले ‘नयाँ अध्याय’ लेख्छ
सच्चिएनन् पुराना दल, बरू भए सक्किन तयार
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया