शुक्रबार, १८ सेप्टेम्बर २०२६

अभद्र व्यवहारसम्बन्धी मुद्धामा रास्वपा वडा सभापति पक्राउ

News Image
• • •

राष्ट्रिय स्वतन्त्र पार्टी वीरगन्ज महानगरपालिका वडा नम्बर २५ का वडासभापति प्रकाश साह पक्राउ परेका छन्।

साहलाई अभद्र व्यवहारसम्बन्धी मुद्धामा बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी चक्र मल्लले बताए।

भदौ ३० मा वीरगन्ज भन्सारस्थित एकीकृत जाँच चौकी (आईसीपी) परिसरमा अर्का एकजनालाई हातपात गरेको आरोप छ।

आईसीपी परिसरमा माछाको गाडी पास गराउने सन्दर्भमा भएको झगडामा घाइते भएका मनिष गुप्ताको जाहेरीको आधारमा पक्राउ परेका उनलाई अहिले वडा प्रहरी कार्यालय श्रीपुरमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!