बिहिबार, १८ सेप्टेम्बर २०२५

३६७ आपराधिक घटनामा ‘मुद्दा नचलाउने’ निर्णय गरेर यसरी दिइयो आरोपितलाई उन्मुक्ति

News Image
फाइल तस्बिर
• • •

२०६६ यताका ८ वर्षमा महान्यायाधिवक्ता कार्यालयले ३६७ आपराधिक घटनाका आरोपित व्यक्तिलाई न्यायिक परीक्षणबिनै उन्मुक्ति दिएको छ। तिनमा सामूहिक बलात्कार र हत्याका घटनासमेत छन्।

काठमाडौं। २८ चैत २०६४ मा पहिलोपटक हुन गइरहेको संविधानसभा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्न नेपाली कांग्रेस रौतहटका नेता मोहम्मद अफताव आलमले आफ्नै काकाको घरमा बम बनाउन लगाएका थिए। आलम रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार थिए। त्यसक्रममा २७ चैतमा बम बनाउँदै गरेको ठाउँमा विस्फोट हुँदा २२ जनाको मृत्यु भयो। रौतहटकै ओसि अख्तर र त्रिलोकप्रताप सिंह घाइते भए।

प्रहरीका अनुसार विष्फोटमा घाइते भएका अधिकांशलाई उपचार गराउनुको सट्टा आलमको निर्देशनमा इँटाभट्टामा हालेर जलाइएको थियो। त्यसपछि मृतकका परिवारले आलमलगायतविरूद्ध प्रहरीमा किटानी जाहेरी दिने प्रयास गरे। प्रहरीले जाहेरी लिनै मानेन। पीडित परिवारले हुलाकमार्फत् जाहेरी पठाए र नेपाल बार एशोसियसनको रोहबरमा उक्त जाहेरी सनाखत गरी दर्ता गरियो। प्रहरीले अनुसन्धान गरी रौतहट जिल्ला सरकारी वकील कार्यालयमा प्रतिवेदन पनि बुझायो।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!