
बिएल संवाददाता
मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल)मा तेस्रो हार व्यहोरेको छ।
बुधबार भएको लिगको १३ औं खेलमा एडिलेड स्ट्राइकर्ससँग ११ रनले पराजित हुँदै मेलबर्नले तेस्रो हार व्यहोरेको हो।
एडिलेडमा घरेलु टोलीले दिएको १ सय ६३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको मेलबर्नले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५१ रन मात्र बनाउन सक्यो। कप्तान पिटर ह्यान्ड्सकम्बले ३९ बलमा ६ चौका र २ छक्का सहित ६५ रनको अविजित इनिङ खेलेपनि टोलीको हार टार्न सकेनन्।
मेलबर्नले ओपनर निक मडिनसनलाई ७ र मार्कस स्टोइनिसलाई ५ रनमा गुमाएको थियो। निक लरर्किन र ग्लेन म्याक्सवेल समान १९ रनमा आउट भएपछि स्टार्स दबाबमा परेको थियो। विकेटकिपर सेव गच १०, क्लिन्ट हिन्चलिफ र एडम जम्पा ६-६ रनमा आउट भए।
एडिलेडका पिटर सिडेलले ४ ओभरमा ३३ रन खर्चेर ४ विकेट लिए। वेस अगरले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए। राशिद खान र मिचेल नसिरले १–१ विकेट लिए।
यसअघि एडिलेडमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनाएको हो।
एडिलेडका लागि जोनाथन वेल्सले अविजित रहदै ५५ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै वेल्सले ३६ बलमा अविजित ५५ रन बनाएका थिए। त्यस्तै एलेक्स केरीले ३३ रन बनाए। त्यस्तै फिल साल्टले अविजित २३ र जाक वेदरल्डले १५ रन बनाए।
यता माथ्यु सर्टले अविजित १६ रन बनाएका थिए।
मेलबर्नका क्लिन्ट हिन्चिल्फीले ३ विकेट लिए। ग्लेन म्याक्सवेलले १ विकेट लिए।
नेपाली लेग स्पिनर सन्दीप लामिछाने विकेट विहीन बने। सन्दीपले ३ ओभरमा २४ रन खर्चिएर विकेट लिन सकेनन्। सम्भवत सन्दीपले अन्तिम खेल भने खेल्न पाउने छैनन्।
माघ २२ देखि २९ गतेसम्म कीर्तिपुरमा हुने विश्व कप लिग–२ लागि उनी नेपाल आउने छन्। सिरिजका लागि अहिले २४ नेपाली खेलाडी पोखरामा बन्द प्रशिक्षणमा छन्। अब अन्तिम टोली छनोट गरिनेछ।
यता अमेरिका र ओमानले भने टोलीको घोषणा गरिसकेको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया