बिएल संवाददाता
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत पाएका छन्।
गत असार २० गते नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले बिहीबार पुनः विश्वासको मत लिनुपरेको थियो।
५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ मत चाहिन्छ। मुख्यमन्त्री शाहले ३० जना सांसदको विश्वासको मत पाएका छन्।
नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ जना र नाउपाका सांसद कैलाश चौधरीले शाहको पक्षमा विश्वासको मत दिए।
नेकपा (माओवादी केन्द्र)का १०, नेकपा एसका ३, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद गरी १५ जनाले विपक्षमा मतदान गरे।
बैठकमा ४५ सांसद उपस्थित थिए।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया