बुधबार, ३० जुलाई २०२५

सुडानी सरकार र प्रतिपक्षीद्वारा शान्ति सम्झौताको खाकामा हस्ताक्षर

एजेन्सी

एजेन्सी

खार्तुम
News Image
तस्बिर : एजेन्सी
• • •

लामो समयदेखि द्वन्द्वको चपेटामा परेको सुडानमा सरकारी पक्ष र विपक्षीले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका छन्। 

सरकार र विपक्षी दल सुडान पिपल्स लिबरेसन मुभ्मेन्ट (एसपिएलएम) दक्षिणी क्षेत्रले शुक्रबार शान्ति सम्झौताको खाकामा हस्ताक्षर गरेका हुन्। 

हस्ताक्षर कार्यक्रम दक्षिणी सुडानको राजधानीस्थित राष्ट्रपतिको कार्यालय जुबामा भएको थियो। दुवै पक्षलाई सहमतिमा पुर्याउनका लागि राष्ट्रपतिले मध्यस्तकर्ताको भूमिका खेलेको बताइएको छ। 

सम्झौतामा सुरक्षा र शासन प्रणालीका विषयहरु समावेश गरिएको सरकारी पक्षले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।

'हस्ताक्षरित सम्झौताबाट सरोकारवालाहरुका बीचमा बलियो साझेदारी र लगाब देखिएको छ,' सुडानी स्वायत्त परिषद्का उपाध्यक्ष मोहम्मद हम्दान डाक्लुले भने। उनले सम्झौतामा सरकारको तर्फबाट हस्ताक्षर गरेका छन्।

सम्झौतामा हस्ताक्षर गरेको अर्को पक्षका रुपमा रहेको एसपिएलएम दक्षिणी क्षेत्रले ब्लु नाईल क्षेत्रमा सशस्त्र विद्रोहीको नेतृत्व गरेको छ। त्यस समूह दक्षिण सुडानको सीमा क्षेत्रमा सन् २०११ देखि सक्रिय रहेको छ। 

आइतबार, माघ १२, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)