
बिएल संवाददाता
भारतले दोस्रो टी–२० खेलमा पनि जित निकालेको छ।
लगातार दोस्रो खेलमा जित निकाल्ने क्रममा न्युजिल्यान्डविरुद्धको भारतले ७ विकेटको जित हात पारेको हो।
आइतबार अकल्यान्डमा भएको खेलमा न्युजिल्यान्डले दिएको १३३ रनको लक्ष्य भारतले १७३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो।
भारतका लागि केएल राहुलले नटआउट ५७ रन जोडे। उनले ५० बलमा ३ चौका र २ छक्का प्रहार गरे। श्रेयर इयरले ४४ रनको योगदान दिए। ३३ बलको सामना गरेका थिए।
बलिङमा न्युजिल्यान्डका टिम साउदीले २ विकेट लिए।
त्यसअघि न्युजिल्यान्डले २० ओभरमा ५ विकेटको क्षतिमा १३२ रन जोडे।
न्युजिल्यान्डका लागि मार्टिन गुपटिलले ३३ रन बनाए । यस्तै टिम सेफर्टले पनि नटआउट ३३ रन बनाए।
बलिङमा भारतका रविन्द्र जडेजाले ४ ओभरमा २ विकेट लिँदा १८ रन जोडे। शार्दुल ठाकुर र जसप्रित बुमराहले १–१ विकेट हात पारे।
जितसँगै ५ खेलको सिरिजमा भारतले २–० को अग्रता लिएको छ।
न्यायका निरीह सात वर्ष
विद्या भण्डारी रोकिने हैन, दृढताका साथ अगाडि बढ्नुपर्छ
स्मृतिका पर्दाले नछेकौं बीपीलाई
सत्ताले थलिएको नेपाली कांग्रेस
छाउपडी: लाज होइन, ‘लाञ्छना’ थोपर्ने लाजमर्दो परम्परा
नागरिकको हैसियतमा विद्या भण्डारी राजनीतिमा फर्किनु स्वाभाविक होः ईश्वर पोखरेल (अन्तर्वार्ता)
एउटा युवाको सपनाः आमा म विदेश जान चाहन्छु…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया