बिहिबार, ३१ जुलाई २०२५

‘रिस्क’मा रमाउने ठिटो

News Image
तस्बिर : नेपाल लाइभ
• • •

हिउँमा कोरिएको अक्षर सूर्यको रापसँगै पग्लिएर जान्छ। तर, त्यही हिउँमा टेकेर रचिएको इतिहास त्यति सजिलै पग्लिदैन। त्यही हिउँमा टेकेर पटक-पटक ‘साहस’को इतिहास रचेका आरोही हुन् ३१ वर्षीय दावा फिन्जोक शेर्पा। 

उनको बुझाइमा हिमालसँग पौठेजोरी नखोजी आरोहण सफल हुन्न। पौंठेजोरी खोज्नु भनेको मृत्युसँग जुध्नु समान हो। उनको सफल आरोहणको संख्या गन्ने हो भने ६ पटक सगरमाथासँग जोरी खोजिसके, अनि १० अग्ला हिमाल। उनले आफू एक्लैले जोरी खोजेनन्, मृत्युसँग जिस्कन रुचाउने कैयौं पर्यटकलाई जोरी खोजाएका छन्।

मंगलबार, माघ १४, २०७६
• • •

प्रतिक्रिया

प्रतिक्रिया (0)