सगरमाथा आधार क्षेत्र कालापत्थरलाई र्याम्प बनाएर गरिएको 'क्याटवाक' ले नयाँ कीर्तिमान बनाएको छ। यसले विश्वकै उच्च स्थानमा गरिएको फेसन शोको रूपमा गिनिजबुक अफ वर्ल्ड रेकर्डमा मान्यता पाएको छ। आयोजना नेपाल भ्रमण वर्ष २०२० लाई फरक किसिमले प्रवर्द्धन गर्न आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।कालापत्थर समुन्द्री सतहबाट पाँच हजार मिटरभन्दा माथि रहेको छ।
नेपाल भ्रमण वर्ष २०२० लाई एक फरक शैलीका प्रवर्द्दन गर्ने क्रममा यो फेसन शो आयोजना गरिएको आयोजकहरूले बताएका छन्। आयोजना माउन्ट एभरेस्ट फेसन रनवेले गरेको हो।
संसारकै अग्लो स्थानमा नापिएको यो फेसन र्याम्पमा १६ मोडलले क्याटवाक गरेका थिए। सहभागीमध्ये आठ नेपाली र पाँच इटालियन थिए भने श्रीलंका, सिङ्गापुर र फिनल्यान्डका एक-एक मोडलको सहभागिता रहेको थियो।
संसारकै अग्लो स्थानमा नापिएको यो फेसन र्याम्पमा १६ मोडलले क्याटवाक गरेका थिए। सहभागीमध्ये आठ नेपाली र पाँच इटालियन थिए भने श्रीलंका, सिङ्गापुर र फिनल्यान्डका एक-एक मोडलको सहभागिता रहेको थियो। उनीहरूले प्राकृतिक, अर्गानिक र नेपालबाट उत्पादित फेसन सामग्री मात्र प्रयोग गरेको दाबी गरिएको छ।
कार्यक्रम आयोजनाका लागि जनवरी १८ मा ४८ जनाको एक जम्बो टोली लुक्लाबाट कालापत्थरका लागि पैदल यात्रामा निस्केका थिए। टोलीमा पर्यटन सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका कायममुकायब प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे थापा, गिनिज बुक अफ वर्ल्ड रेकर्डका अधिकारी समेत रहेका थिए।
किन लुकाए मानार्थ डाक्टर के पी ओलीले शैक्षिक योग्यता ?
समथर मधेसबाट सिंहदरवारको अग्लो उडानमा गगन
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया