सगरमाथा आधार क्षेत्र कालापत्थरलाई र्याम्प बनाएर गरिएको 'क्याटवाक' ले नयाँ कीर्तिमान बनाएको छ। यसले विश्वकै उच्च स्थानमा गरिएको फेसन शोको रूपमा गिनिजबुक अफ वर्ल्ड रेकर्डमा मान्यता पाएको छ। आयोजना नेपाल भ्रमण वर्ष २०२० लाई फरक किसिमले प्रवर्द्धन गर्न आयोजना गरिएको आयोजकहरूले बताएका छन् ।कालापत्थर समुन्द्री सतहबाट पाँच हजार मिटरभन्दा माथि रहेको छ।
नेपाल भ्रमण वर्ष २०२० लाई एक फरक शैलीका प्रवर्द्दन गर्ने क्रममा यो फेसन शो आयोजना गरिएको आयोजकहरूले बताएका छन्। आयोजना माउन्ट एभरेस्ट फेसन रनवेले गरेको हो।
संसारकै अग्लो स्थानमा नापिएको यो फेसन र्याम्पमा १६ मोडलले क्याटवाक गरेका थिए। सहभागीमध्ये आठ नेपाली र पाँच इटालियन थिए भने श्रीलंका, सिङ्गापुर र फिनल्यान्डका एक-एक मोडलको सहभागिता रहेको थियो।
संसारकै अग्लो स्थानमा नापिएको यो फेसन र्याम्पमा १६ मोडलले क्याटवाक गरेका थिए। सहभागीमध्ये आठ नेपाली र पाँच इटालियन थिए भने श्रीलंका, सिङ्गापुर र फिनल्यान्डका एक-एक मोडलको सहभागिता रहेको थियो। उनीहरूले प्राकृतिक, अर्गानिक र नेपालबाट उत्पादित फेसन सामग्री मात्र प्रयोग गरेको दाबी गरिएको छ।
कार्यक्रम आयोजनाका लागि जनवरी १८ मा ४८ जनाको एक जम्बो टोली लुक्लाबाट कालापत्थरका लागि पैदल यात्रामा निस्केका थिए। टोलीमा पर्यटन सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका कायममुकायब प्रमुख कार्यकारी अधिकृत नन्दिनी लाहे थापा, गिनिज बुक अफ वर्ल्ड रेकर्डका अधिकारी समेत रहेका थिए।
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया