बिएल संवाददाता
नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालमार्फत हुने विज्ञापन मार्फतको भुक्तानी (बुस्टिङ)का सम्बन्धमा नयाँ व्यवस्था गर्ने गरि निर्देशन जारी गरेको छ ।
शुक्रबार जारी सूचना अनुसार गुगल, फेसबुक, युट्युब, सामाजिक संजाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारीक रुपमा हुने कारोवार रोक्न निर्देशिका जारी गरेको हो।
गुगल, फेसबुक, युट्युब, सामाजिक संजाल तथा इन्टरनेट मार्फत गरिने विज्ञापन वापत अनौपचारीक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट भुक्तान गर्ने कार्य गौरकानुनी हो।’ सूचनामा भनिएको छ ‘त्यस्तो कारोवारबाट विदेशी विनिमयको अपचलन हुन्छ।’
राष्ट्र बैंकले यसरी कारोवार गरे कानुन बमोजिम कारवाही गर्ने चेतावनी पनि दिएको छ। ‘विनिमयको अपचलन गरेको पाइएमा विदेशी विनीमय (नियमित गनर्)े ऐन २०१९ र प्रचलित कानुन बमोजिम कारवाही गरिने छ।’ जारी सूचनामा भनिएको छ।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया