ब्राण्ड स्टोरीः ‘राष्ट्रको सञ्चार’ को १०० वर्षे इतिहास


सम्पादकीय नोटः अमेरिकी मिडिया कम्पनी बिएल मिडिया इन्कको नेपाली संस्करण बिएल मिडिया प्रा.लि.ले ब्राण्डिङ शो सुरु गरेको छ । ‘ब्राण्ड स्टोरी’ नामक शोमा नेपाली ब्राण्डको समग्र जीवन कथा भनिने छ। यसमा ब्राण्डका सर्जक वा उद्यमीले आफ्नै स्वरमा त्यस ब्राण्डको कथा भन्नेछन् । ब्राण्ड कसरी जन्मियो, कसरी हुर्कियो, त्यसको जीवनमा केकस्ता उतारचढाव आए, कसरी त्यसको ब्राण्डिङ गरियो ? यी सबैको उत्तर त्यस कथामा हुनेछ। नेपाली उत्पादनलाई विश्व बजारमा पुर्‍याउन र आफ्नो ब्राण्डको बारेमा सबैलाई जानकारी गराउन शो सुरू गरेका हौ। हामीले पहिलो शृंखलाको रूपमा नेपाल टेलिकमको ब्राण्ड स्टोरी राखेका छौ।


आम उपभोक्तालाई सञ्चारमार्फत आवद्ध गर्न विगत सय वर्षदेखि अनवरत रूपमा दूरसञ्चार सेवा प्रदान गर्दै आएको नेपाल टेलिकम एउटा दुरसञ्चार सेवा प्रदायक कम्पनी हो।

नेपाल टेलिकम आम उपभोक्तालाई सञ्चारमार्फत आवद्ध गर्न  नेपाल सरकारले गठन गरेको कम्पनी हो।

दुरसञ्चार‍ सेवामार्फत देशका विभिन्न ठाउँमा आम उपभोक्तालाई आवद्ध गर्न नेपाल सरकारले स्थापना गरेको कम्पनी हो नेपाल टेलिकम।

यसको मूल उद्धेश्य भनेकै सञ्चार सुविधाले सम्पूर्ण जनतालाई एक आपसमा आवद्ध गर्न र देशको सर्वाङ्गिण विकासलाई मद्धत पुर्‍याउनु र  दूरसञ्चार सेवाहरू सर्वसुलभ  रूपमा प्रविधिलाई अवलम्बन गर्दै अगाडि बढाउनु हो।

नेपालको सबैभन्दा पुरानो र सबैभन्दा बलियो दूरसञ्चार कम्पनीको रूपमा रहेको नेपाल टेलिकमले ओपनवायर सिस्टर प्रविधि (आवा) मार्फत सुरूमा उपभोक्तालाई जोडेको थियो।

जहाँबाट मानिसहरूले आफ्नो सन्देशहरू एक ठाउँबाट अर्को ठाउँमा पठाउँथे। आवामार्फत समाचार र सन्देश सुन्नकै लागि मानिसहरू दूरसञ्चार कार्यालयमा लाइन लागेका हुन्थे।

विस्तारै त्यो प्रविधि विस्थापित भएर क्रसबार प्रविधिबाट सानो एक्चचेन्जमार्फत टेलिफोन लाइनहरू आयो। त्यतिखेर घुमाउने टाइपको टेलिफोन सिस्टम थियो। टाढा सुन्नका निम्ति एनालग सिस्टम भएकाले बेस्सरी बोल्नुपर्थ्यो।

पछि २०४३ सालमा डिजिटल प्रविधिमा रूपान्तरण  भएको नेपाल टेलिकम दक्षिण एसियामै प्रविधिमा धेरै अगाडि आयो। भारतमासमेत डिजिटल सिस्टम नभएको अवस्थामा भारतीयहरूसमेत नेपालमा टेलिफोन गर्न आउँथे।

डिजिटल प्रविधिबाट त्यति अगाडि बढेको नेपाल टेलिकमले २०५६/५७ सालमा मोबाइल सेवा ल्याएर बजारमा आयो।

त्यस पछाडि नेपाल टेलिकमले हरेक आफ्ना सेवालाई सबै ठाउँमा लिएर जान सक्ने प्रविधिको रूपमा विकास गर्‍यो। त्यपछि जहाँ रहे पनि जुनसुकै स्थितिमा भए पनि अलवेज कनेक्टेड प्रविधिमा रहन सक्यो।

त्यसपछि बढ्दै गएको लोकप्रियताले इन्टरनेट सेवासेमत दिन सफल भयो।

एडिएसएल प्रविधिमार्फत सुरू गरेको इन्टरनेटसेवा पछि ग्राहकहरूले आफ्नै मोबाइलमा पाउन थाले। सन् २००७ मा पहिलो पटक मोमबाइलमा थ्रिजी सेवा सुरू गरेको नेपाल टेलिकमले सम्भवतःदक्षिण एसियामा पहिलो पटक थ्रीजी सेवा सुरू गरेको हो।

सन् २०११ मा आएर थ्रीजी सेवालाई व्यापारिक रूपमा ठूलो स्केलमा ल्याउन सफल भएको नेपाल टेलिकमले सन् २०१२/१३ पछि थ्रिजी सबैको पहुँचमा पुग्यो।

त्यसले गर्दा आम उपभोक्तले आफ्नै मोबाइलमार्फत मल्टिमिडिया भिडियो, तस्बिर र डेटाहरू एक्सिस गर्न सक्ने सुविधा पाए।

दुरसञ्चार क्षेत्रमा आम उपभोक्ताको बढ्दै गएको चाहना अनुसार नेपाल टेलिकमले पनि आफ्ना सेवालाई समय सापेक्ष परिमार्जित गर्दै फोर जी सेवा सुरू गर्‍यो।

पछिल्लो देशब्यापी रूपमा विस्तार गरेको फोरजी सेवापछि देशभरका आम उपभोक्तालाई प्रविधिसँग अझ नजिक पुर्‍यायो।

पुरानो पिएटिएन नेटवर्कलाई फाइबरमा रूपान्तरण गर्दै आम उपभोक्तालाई ब्रोडब्याण्ड इन्टरनेट सर्विस फिक्समा पनि र मोबाइलमा पनि दिन नेपाल टेलिकम सफल भयो।

नयाँ प्रविधिलाई अवलम्बन गर्दै उपभोक्तालाई सरल मूल्यमा गुणस्तरीय सेवा सबै ठाउँमा दिन नेपाल टेलिकम सफल भएको छ। यसबाटछ नेपाली उपभोक्ताहरू संसारमा ग्लोबल भिलेजमा प्रवेश गर्न सफल भएका छन्।

‘एकताका एउटा यस्तो जमाना थियो जतिखेर एउटा गाउँमा एउटा टेलिफोन हुन्थ्यो। गाउँभरिका मान्छेहरू टेलिफोन गर्नका लागि एकै ठाउँमा झुम्मिन्थे र उनीहरूलाई टेलिफोन गर्न डायलटोन र समय पाउन गाह्रो हुन्थ्यो। हामीले बिस्तारै त्यस्तो सेवाहरूलाई बढाउँदै गयौं। पहाडी र दुर्गम ठाउँहरू हामीले भिस्याट प्रविधि मार्फत टेलिफोन दिन सफल भयौं,’ नेपाल टेलिकमको निर्देशक डिल्लीराम अधिकारीले भने,‘त्यो टेलिफोनले सिंगो गाउँ सँगै कहिलेकाँही सिंगो जिल्लालाई जोड्न सफल भयो।’

त्यसपछि जिएसएम प्रविधिमार्फत परिवर्तन हुँदै आएको नेपाल टेलिकम एउटा गाउँ, एउटा घर हुँदै सबैका हात हातमा पुग्न सफल भयो।

मानिसहरु इन्टरनेटबाट सोसल मिडियामार्फत नै सबै कुरा गर्न सक्ने भइसके प्रविधिमार्फत आम उपभोक्तालाई एक आपसमा जोड्ने र एक आपसमा एक्प्रेसन फिलिङ्स र ह्यपिनिजहरू सेयर गराउने खालका कामा टेलिकमले उपभोक्तालाई सर्वससुलभ सेवा गराउँदा उपभोक्ताहरूले इन्जोय गरिरहेका छन्।

यथार्थमा भन्नुपर्दा नेपाल टेलिकम भनेको एउटा यति ठूलो ब्राण्ड भइसक्यो कि नेपाल टेलिकम भन्नेवित्तिकै आम जनतालाई दुई मुटु वा धेरै मुटुहरूको ढुकढुकी बिचमा यसले जोडको काम गरेको फिल हुन्छ।

उपभोक्ताको चाहनालाई सधै सम्बोधन गर्न नेपाल टेलिकम तयार रहेको छ।

नेपाल टेलिकम एउटा यस्तो ठूलो ब्राण्ड हो। यो ब्राण्ड यतिकै बनेको होइन यसका लागि सय वर्ष अगाडिदेखि आम नेपाली जनता र आम उपभोक्ताले प्रयोग गरेर यसमा सन्तुष्टि दिएर यसमा हौसला दिएर बनाएको ब्राण्ड हो।

यो ब्राण्डले आम नेपाली जनतालाई जहिलै खुसी दिएर अपनत्व फिल गराउँछ। जहिले पनि सुरक्षित महसुस गराउँछ। चाहे दुर्गम क्षेत्रमा छटपटिएका जनता होस् वा अनकन्टानहार क्षेत्रमा भएका जनताहरू नै किन नहुन् उहाँहरूलाई सञ्चारको सुविधामार्फत जोड्न नेपाल टेलिकम सफल भएको छ।

समग्रमा राष्ट्रको सामाजिक उत्तरादायित्व वा डिजिटललाइजेशनको प्रक्रियामा नेपाल टेलिकम एउटा कोशेढूंगा र बलियो संवाहकको रूपमा अगाडि बढिरहेका अधिकारीले जानकारी दिए।

त्यसका निम्ति सम्पूर्ण राष्ट्रको सम्पूर्ण जनताको माया ममता पाएर हाम्रो ब्राण्डलाई अझै बलियो अझै परिस्कृत र अझै भावनात्मक रूपमा सबै सँग जोड्न हामी अगाडि बढिरहेका छौ। म लगायत चार हजारभन्दा बढी जति पनि कर्मचारी छौ। सबै कर्मचारीहरू देश र राष्ट्रका निम्ति जनताका निम्ति आम उपभोक्ताको निम्ति अझ परिष्कृत सेवा र सुविधाहरू उपलब्ध गराउनका निम्ति अहोरात्र खटिरहेका छौ।

नेपाल टेलिकमले यस्तो सेवा दिएको छ जसको माध्यमबाट परिवारका कुनै पनि सदस्यहरू संसारको जुनसुकै कुनामा भए पनि त्यस्तो फिलिङ्स दिँदैन। त्यसले एकदमै नजिक हरदम सँगै बसिरहेको जस्तो फिलिङ दिन सफल भएको छ।

‘भ्वाइसमा मात्र होइन भिडियोमा र अनलाइन च्याटिङका माध्यमबाट विदेशीएका आफन्तको चिठी पत्र आउन महिनौ लाग्ने परम्पराको अन्त्य क्षणभरमा गरिएको छ।

‘नेपाल टेलिकमको यो ब्राण्ड स्टोरी यतिकै आज मात्र बनेको होइन। यो सयौं वर्षदेखि हजारौ, लाखौ, करोडौ ग्राहकहरूले बनाइदिनुभएको हो’, अधिकारीले भने, ‘यो ब्राण्ड स्टोरीलाई हामी आउने दिनमा समेत यहाँहरूको मायाँ अमूल्य सुझाव र इच्छा अनुसार पनि हामी अगाडि बढाउँछौ। नेपाल टेलिकमलाई यति बलियो ब्राण्ड बनाउनका निम्ति सहयोग गर्नुहुने आम उपभोक्ता आम नेपाली जनतालाई हृदयदेखिनै आभार र धन्यवाद दिन चाहन्छु।’

प्रकाशित मिति: : 2020-02-03 00:09:00

प्रतिकृया दिनुहोस्