आयोवा ककसमा स्याण्डर्सको पल्ला भारी, परिणाम घोषणाको तयारी

प्रदीप भट्टराई

डिमोइन्स, आयोवा

आयोवा ककसको अर्ली इन्ट्रान्स पोलमा सिनेटर बर्नी स्याण्डर्स अगाडि देखिएका छन्। भर्मन्टका भेट्रन इन्डिपेन्डेन्ट सिनेटर र उनका समर्थकका लागि यो खुशीको खबर हो। यो पोललाई लालमोहर लाग्न अब केही घण्टा मात्र बाँकि रहेको उनका समर्थकहरू बताइरहेका छन्। 

उनलाई पछ्याउने तीनजनाको नाम पनि पोलले बाहिर ल्याएको छ। तिनीहरूमा पूर्व उपराष्ट्रपति जो बाइडेन, मेयर पिट बुटजज र सिनेटर एलिजावेथ वारेन रहेका छन्। 

अमेरिकी मूलधारका सञ्चार माध्यमले पनि त्यही खाले समाचर बाहिर ल्याइरहेका छन्। तर, डेमोक्रेटिक पार्टीले भने त्यसको आधिकारिक पुष्टी गरिसकेको छैन। उसका अधिकारीहरू अझै पनि तथ्यांकहरू परिपक्व भैसकेको छैन भनिरहेका छन्। 

यो ढिलाइका लागि डेमोक्रेटिक पार्टीका राज्य पदाधिकारीहरूको आलोचना सुरू भएको छ। क्वालिटी परिणामका नाममा गरिएको यो ढिलाइको केही उम्मेद्वारले पनि विरोध गरेका छन्। 

आयोवा ककसको अर्ली इन्ट्रान्स पोलमा सिनेटर बर्नी स्याण्डर्स अगाडि देखिएका छन्। भर्मन्टका भेट्रन इन्डिपेन्डेन्ट सिनेटर र उनका समर्थक बताइरहेका छन्, ' यो पोललाई लालमोहर लाग्न अब केही समय मात्र बाँकि छ।'

यसअघि सन् २०१६ को आयोवा ककसमा ४९.५९ प्रतिशत मत पाएर उनी दोस्रो भएका थिए। त्यतिबेला ४९.८४ प्रतिशत पाएकी हिलारी क्लिन्टले उनलाई ०.२४ प्रतिशतको झिनो अन्तरले पराजीत गरेकी थिइन् । 

उनको यो सफलताले तीस लाख डलर चन्दा संकलन हुनुका साथै त्यसपछिको न्युह्याम्पसायर प्राइमरी उनले ठूलो मार्जिनका साथ जितेका थिए।

यसपटक उनले आयोवा ककस शीर्ष  स्थानमा सिद्धाए भने त्यसको प्रभाव राष्ट्रव्यापि रूपमा पर्ने खालको भविष्यवाणी राजनीतिक पण्डितहरू गरिरहेका छन्। 

प्रकाशित मिति: : 2020-02-04 22:01:11

प्रतिकृया दिनुहोस्